नगरभित्रका सबै सहकारीहरूले चैत्र २८ गते भित्र एकिकृत व्यवस्थापन सूचना प्रणाली COPOMIS मा विवरण दाखिला गराउनु पर्नेछ । केहि सहकारीहरूले COPOMIS काे USER ID र PASSWORD हाल सम्म नलिएकाे हुँदा ताेकिएकाे ढाँचामा निवेदन दर्ता गरि COPOMIS नामावलीमा आवद्ध हुन सकिने छ ।
नगरपालिकाकाे सहकारी ऐन २०७५ र सहकारी नियमावली २०७५ बमाेजिम प्रत्यक महिनाकाे ७ गते भित्र मासिक र प्रत्येक आर्थिक वर्ष व्यतीत भएकाे १५ दिन भित्र वार्षिक वित्तिय प्रतिवेदन न.पा. सहकारी शाखामा ताेकिएकाे ढाँचामा सूचना प्रणालीमा दाखिला गर्नुपर्ने र सहकारी संस्थागत तथा व्यवसायिक काराेबारकाे विवरण विभागले ताेकेकाे एककृत व्यवस्थापन सूचना प्रणालीमा प्रवेश गराउन पर्ने व्यवस्था रहेकाे छ ।
COPOMIS काे USER ID र PASSWORD नलिएकाहरूलाइ सहकारी शाखाकाे COPOMIS काे तालिममा सहभागी नगराइने हुनाले शिघ्र नै सबै सहकारीहरूले एकिकृत व्यवस्थापन सूचना प्रणाली COPOMIS मा विवरण दाखिला गर्नुहुनका लागि अनुराेध गरिएकाे छ ।