बूढानीलकण्ठ नगरपालिका कृषि विकास शाखाले दुई दिने कृषक तालिम सञ्चालन गरेको छ । नगर भित्रका व्यवसायिक कृषि क्षेत्रमा संलग्न कृषकहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ नगरपालिकामा बुधबारदेखि दुइ दिने व्यवसायिक तरकारी खेती विषयक कृषक तालिम सुरु भएको हो ।   

कृषि शाखा प्रमुख लक्ष्मि घर्तिका अनुसार तालिममा कृषकहरुलाई विउ\वेर्ना उत्पादन प्रविधि , प्लाष्टीक घरमा तरकारी खेती संचालन गर्ने तरिका, मैसमी तथा बेमैसमी खेती पद्धति, रोग किरा पहिचान तथा व्यवस्थापन लगायत किसानलाई चाहिने सिप ज्ञानको जानकरी गराईने छ ।

 

 

नगरपालिकामा कृषि पेशालाई व्यवसायिक वनाएका किसानहरुलाई आत्मनिर्भर गराउन विभिन्न वडा बाट ८ जना महिला १५ जना पुरुष गरि २३ जना सहभागी भएका छन् । यस तालिम विशेषगरी बिदेशबाट फर्किएका कृषि गर्न चाहने युवा कृषक एवम्  कृषि उद्यममा संलग्न महिला कृषकहरुका लागि लक्षित गरी सञ्चालन गरिएकोे शाखा प्रमुख बताउनुहुन्छ ।

तालिमको राष्ट्रिय आलु, तरकारी तथा मसालाबालि विकास केन्द्र, किर्तिपुर बाट बागवानि विकास अधिकृत सन्दिप सुवेदी र तरकारी बालि विकास केन्द्र, खुमल्टार बाट बालि संरक्षण अधिकृत सुरेन्द्र सुवेदीले सहजिकरण गर्नुहुने छ ।

उक्त तालिम उद्घाटनको  अवसरमा नगरपालिका उपप्रमुख रमा देवि राईले तालिममा सिकेका कुराहरुलाई व्यवहारिक प्रयोगमा उतार्न सक्नु पर्नेमा जोड दिनुभयो । नगरपालिकाले कृषि तथा पशुपालनलाई विशेष प्राथमिकता दिई विगतदेखि नै कृषिको यान्त्रिकीकरण एवं व्यवसायिकरण गर्ने उद्धेश्यले विभिन्न कृषि औजार तथा सामाग्री वितरण गरिएको र यस आ.व.मा पनि सो कार्यलाई निरन्तरता दिइने बताउनु भयो । यस संगै नगरपालिकामा कृषि बजारको कमि रहेको अवस्थामा  किसानहरुलाई कृषि बजार सञ्चालन गर्नको लागि उपयुक्त योजना बनाई नगरपालिकामा पेश गर्न अनुरोध गर्नु भएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले कृषकहरुलाई प्रोत्साहित गर्ने उद्धेश्यले नगरपालिकाले उत्पादनमा आधारित अनुदानको शुरुवात गरेकोले अनुदानबाट लाभ लिन आग्रह गर्दै कृषकहरुले उत्पादन गर्ने अन्य कृषि उपजहरुमा समेत अनुदान विस्तार गर्दै लगिने बताउनु भयो ।

त्यसै गरी सहभागीका तर्फबाट वडा नं १३ कि महिला कृषि उद्यमी फुलमाया तामाङ्गले यस्ता खालका तालिमहरुले कृषकहरुको सिप र क्षमता विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउदै आगामी दिनहरुमा पनि यस खालका तालिमहरु संचालन गरी कृषकहरुलाई सहभागी गराउन सकेमा व्यवसायिक उत्पादनमा अझ मद्धत पुग्ने बताउनु भएको थियो ।

बूढानीलकण्ठ नगरपालिकाले कृषि तथा पशुपालनमा व्यवसाय प्रवर्दन गर्ने उद्धेश्यले तरकारी, दुध, अण्डा लगायतमा नगद तथा कृषि सामाग्रिमा अनुदान वितरण गर्दै आईरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय