चैत्र २८ देखि वैशाख १ गते सम्म नगरपालिकामा “बूढानीलकण्ठ ग्याष्ट्राेनाेमी फुड फेस्टिवल” हुन गइरहेकाे छ । बुढानिलकण्ठ नगरपालिका वडा नं ११, कपन स्थित बृक्षालय रिसोर्ट एण्ड कालिज फार्ममा ५ दिनकाे लागि फुड फेस्टिवल संचालन हुन लागेकाे छ ।

बूढानीलकण्ठ नगरपालिकाकाे पर्यटन बाेर्ड र ग्याष्ट्राेनाेमी टुरिजम एशाेसियसन अफ नेपालकाे सहकार्यमा याे महाेत्सव संचालन हुन लागेकाे हाे । यस महाेत्सवले पर्यटकीय नगर बूढानीलकण्ठकाे मौलिक खाना प्रवर्धनका गर्नका साथै भाेजन पर्यटनकाे क्षेत्रमा पनि नयाँ आयाम थप्न सहयाेग पुर्याउने नगरप्रमुख उद्धव खरेलले बताएका छन् । 

यसका साथै, नगरभित्र रहेका हाेटेल, रेष्टुरेन्ट, हाेमस्टे लगायत लजहरूकाे समग्र विकास भइ आर्थिक समृद्धि हुने कुरामा विश्वास रहेकाे ग्याष्ट्राेनाेमी टुरिजम एशाेसियसन अफ नेपाल अध्यक्ष सुरेशचन्द्र वस्नेतले बताउनु भएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय