नगरस्तरीय विपद व्यवस्थापन समितिकाे बैठकमा नगरपालिकाकाे विपद पूर्वतयारी एवं प्रतिकार्य याेजना तयार पार्नका लागि १३ वटै वडाहरूमा VCA सम्पन्न गरि DPRP तयार पारिने छ । यस कार्यका लागि नगरपालिका र नेपाल रेडक्रस साेसाइटी काठमाडाैँ उत्थानशील नगर प्रवर्द्धन र सहभागीता (SURE) कार्यक्रमकाे प्रतिनिधिहरू मध्यबाट ६ सदस्यीय टिम (TASK FORCE) गठन गरिएकाे छ । 

उच्च जाेखिममा रहेकाे तिन वटा वडाहरू वडा नं. १,५ र १३ मा कार्यान्वयन गरिने विपद जाेखिम न्यूनिकरण पूर्वाधारहरू निर्माण र अल्पिकरणका गतिविधिहरूका लागि सम्बन्धित वडाबाट छनाैट भएका याेजनाहरूमा नगरपालिकाकाे प्राविधिक र SURE कार्यक्रमकाे प्रविधिकबाट संयुक्त रूपमा तयार गरिने छ ।

विपद पूर्वतयारी एवं प्रतिकार्य याेजना निर्माण भएपश्चात नगरस्तरीय कृतम घटना अभ्यास गर्ने याेजना समेत रहेकाे छ । 

यसै क्रममा, विधेयक समिति र  SURE कार्यक्रम बिच भएकाे विभिन्न चरणकाे छलफलबाट तयार गरिएकाे सवयंसेवक निर्देशिका २०७७ र विपद जाेखिम न्यूनिकरण ऐन २०७७ क्रमशः नगरप्रमुख उद्धव खरेललाइ हस्तान्तरण गरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय