बूढानीलकण्ठ नगरपालिका पुननिर्मण शाखाले भुकम्प अनुदान सम्बन्धी जरुरी सुचना प्रकाशन गरेको छ ।
बूढानीलकण्ठ नगरपालिका अनतर्गत निजि आवास पुननिर्माणको सुचिमा सुचिकृत भई अनुदान सम्झौता गरी पहिलो किस्ता ५०,००० रकम लिएका र राष्ट्रिय पुनिर्माण प्राधिकरणले दोस्रो किस्ता रकम लिनका लागि २०७७ माघ मसान्तसम्मको समयावधि उपलब्ध गराएकोमा हालसम्म पनि समपर्कमा नआएका र आवास निर्माण नगरेका लाभग्रागिहरुले अनुदान सम्झौता गरि लिएको रकम फिर्ता गर्नका लागि नगरपालिका पुननिर्माण शाखामा सम्पर्क गरी अनुदान रकम फिर्ता प्रकृया अघि बढाउन सुचना जारी गरेको हो ।
रकम फिर्ता नगर्ने लाभग्राहिहरुको हकमा राष्ट्रिय पुन निर्माण प्राधिकरणको नियमानुसार कारबाहि हुने भएकोले सबै वडाका लाभग्राहिहरुलाई सम्पर्कमा आउनुहुन पुननिर्माण शाखाले अनुरोध गरेको छ ।