बूढानीलकण्ठ नगरपालिका पशू सेवा शाखाबाट पशु बीमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ । पशु सेवा शाखाले नगरपालिकामा रहेका पशुपंक्षी व्यवसायमा संलग्न संस्थाहरुलाई बीमा सम्बन्धी जानकारी तथा प्रोत्साहन स्वरुप यस कार्यक्रम आयोजना गरेको हो ।

पशुपंक्षी बीमाबाट पशुपालन क्षेत्रलाई विस्तार एवम् प्रवर्धन गर्ने,  पशुपंक्षी व्यवसायीहरुको काबु भन्दा बाहिरको परिस्थितीबाट हुन सक्ने सम्भावित जोखओम न्यूनिकरण गरी  व्यवसायीक पशुपालन तर्फ आकर्षित गर्न सहयोग गर्ने, पशुपालन क्षेत्रमा नीजि तथा सहकारी क्षेत्रको लगानी आकर्षित गर्ने, पशुपालन क्षेत्रमा लगानीलाई प्रोत्साहन गर्ने, पशु उत्पादनलाई वृद्दि गरी आयातलाई प्रतिस्थापन गर्ने बीमाका प्रमुख उदेश्यहरु बारे कार्यक्रममा छलफल भएको छ ।

यस अभिमुखीकरण कार्यक्रममा नगरपालिका आर्थिक विकास समिति संयोजक दुर्गा माया थापा, बीमा समिति निर्देशक सुसिल देव सुबेदी, पुर्व सह सचिव तथा पशुपंक्षी क्षेत्र बिज्ञ डा. रेवति मान श्रेष्ठ, पुर्व सह सचिव तथा जनस्वास्थ्य बिज्ञ डा. बोधनाथ अधिकारी, नगरपालिका पशु सेवा शाखा प्रमुख काजी श्रेष्ठ, लगायत पशुपंक्षी व्यवसायीहरुको उपस्थिति थियो ।

कार्यक्रममा उपस्थित बीमा समितिका निर्देशक सुशील देव सुवेदीबाट “जोखीम, बीमा तथा बीमाको सैद्धान्तिक पक्ष” बिषयमा  प्रस्तुतिकरण दिनु भएको थियो । उँहाले व्यवसाय र पशुपंक्षीमा हुने जोखीम, बिपदा, खतरा तथा जोखीम व्यवस्थापन गर्ने बिधि तथा क्षतिपूर्ति हुने\नहुने अवस्था लगायत बीमा दावि गर्ने प्रकृयाहरु बारे छलफल गर्नु भएको थियो ।

बाली तथा पशुपंक्षी बीमाले आगलागी, चट्याङ, भूकम्प, बाढी/डुवान/खडेरी, पहिरो/भूस्खलन, आँधिबेहरी, असिना, हिऊँ वा तुसारो, आकस्मिक/दुर्घटनाजन्य बाह्य कारणहरु, किरा तथा रोगबाट हुने हानी-नोक्सानीको जोखीम सुरक्षा गर्छ ।

 

पशुपंक्षी बिज्ञ डा. रेवति मान श्रेष्ठले पशुहरुमा लाग्ने किटजन्य रोग, आँधीहुरी, बाढि, पहिरो, महामारी जस्ता विपदले व्यवसायमा क्षतिहुने जोखिमका सम्भावनाहरु छलफल गर्दै व्यवसायीहरुलाई  बीमा बाट हुने फाईदाबारे जानकारी दिनु भएको थियो ।

पशुसेवा प्रमुख काजि श्रेष्ठका अनुसार नेपाल सरकारबाट पारित भएको बीमा सुल्कमा ७५% अनुदान दिने नीतिबाट नगरपालिका कृषि तथा पशुपंक्षी व्यवसायहरुलाई लाभान्वित गराउने उद्देश्य रहेकोले यस अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।  व्यवसायीहरुले व्यहोर्नु पर्ने २५% बीमा सुल्कमा पनी नगरपालिकाको तर्फबाट केहि सहयोग गर्ने अवधारणा शाखाले तयार गरिरहेको उहाले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय