बूढानीलकण्ठ नगरपलिकाले युवा जनशक्ति तालिम केन्द्रसँगकाे सहकार्यमा वडा नं. १२ मा ५ दिने उद्यमशिलता विकास तालिम सुरू गरेकाे छ । यस कार्यक्रमकाे उद्घाटन वडा नं. १२ अध्यक्ष शम्भु प्रसाद भट्टराईले चैत्र २३ गते गर्नुभएकाे हाे ।
यस कार्यक्रम अन्तर्गत व्यवसायिक सिप सम्बन्धि तालिमहरु प्रदान गरिने छ। यसका साथै, उद्यमशीलता अभिवृद्दि गर्नका लागि विभिन्न व्यवसायहरूकाे व्यवस्थापकिय पक्षहरू उपर छलफल पनि गरिने छ। यस कार्यक्रममा वडा नं. १२ स्थित महिला संजालहरूमा आवद्द २५ जना स्थानीय महिलाहरूलाई सहभागी गराईएकाे छ ।
सिप सिकेकाे तर व्यवसाय नगरेका र सिप नसिकेकाे तर व्यवसाय गर्न ईच्छुक व्यक्तिहरूलाई लक्षित गरि उहाँहरूकाे उद्यमशीलता अभिवृद्दि गर्नका लागि प्राेत्साहन तथा आधारभूत तालिम दिनेगरि याे कार्यक्रम सुरू गरिएकाे वडा नं. १२ अध्यक्ष शम्भु प्रसाद भट्टराईले बताउनु भएकाे छ ।
व्यवसाय छनाैट गर्ने तरिका, व्यवस्थापन देखि बजारीकरणका विषयहरू समेत तालिमले समेटेकाे वडा सदस्य मिना बयलकाेटिले बताउनु भएकाे छ ।