बूढानीलकण्ठ वडा नं. ०१ द्वारा जेष्ठ नगरिकहरूका लागी भ्रमण कार्यक्रम आयाेजना गरिएकाे छ ।
चैत्र २२ गते वडाभित्रका जेष्ठ नगरिकहरू मध्य २६ जना लाइ लुम्बिनी, सि.जी. धाम र देवघाट भ्रमणका लागि पठाइएकाे छ । यस भ्रमणकाे सहजीकरण गर्न र जेष्ठ नगरिकहरूकाे स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नका लागि २ वडा सदस्य, २ वडा कर्मचारी, चपली स्वास्थ्य चाैकीबाट १ स्वास्थ्यकर्मी र २ स्वयंसेविकाहरूलाइ खटाइएकाे छ ।
स्वास्थ्यकाे उचित मापदण्ड अपनाइ उहाँहरूलाइ गुलाबकाे फूल दिइ सुखद र सुरक्षित यात्राकाे लागि बिदाइ गरेकाे वडा नं. ०१ अध्यक्ष सुरेन्द्र लामाले बताउनु भएकाे छ ।