सामाजिक जवाफदेहिता र सदाचारका लागि सहकार्य अन्तर्गत ट्रान्सपेरेन्सी नेपाल र बूढानीलकण्ठ नगरपालिकाकाे सहकार्यमा संचालित सार्वजनिक सुनुवाइ चैत्र २० गते गणेश मा.वि. मा सम्पन्न भएकाे छ । 

यस कार्यक्रममा नगरप्रमुख, उप-प्रमुख, वडा अध्यक्षहरू, महाशाखा तथा शाखा प्रमुखहरु सहित स्थानीय सराेकारवालाहरूकाे उपस्थिति रहेकाे थियाे । 

बिहानकाे ९ बजे देखि साँढे १२ बजे सम्म नगरपालिकाकाे प्राङ्गणमा नागरिक साहयता कक्ष राखी सेवाग्राहिहरूसँग गुनासाे, प्रश्न, राय र सुझाव संकलन गरिएकाे थियाे । साेहि प्रश्न र उपस्थित नगरवासीहरूकाे जिज्ञासा उपर क्रमशः नगरप्रमुख उद्धव खरेल, वडा नं. ०६ अध्यक्ष नविन के.सी., प्रमुख प्रशासकिय अधिकृत राजेज्द्र कार्कीले जवाफ दिनु भएकाे थियाे । 

ट्रान्सपेरेन्सी नेपालका उपाध्क्ष वुद्धि नारायण श्रेष्ठले स्थानीय सरकार जवाफदेहि हुन भनेकाे विकासकाे लक्षण भएकाे बताउदै नियमित रूपमा नगरपालिकाले सार्वजनिक सुनुवाइ गर्न आग्रह गरि उपस्थित सबैलाइ गरि धन्यवाद व्यक्त गरेका थिए । स्थानीय निकायकाे जवाफदेहिता र पारदर्शी सेवा प्रवाह भएकाे नभएकाे बारे छलफल गर्न सार्वजनिक सुनुवाइ निकै महत्वपूर्ण भएकाे हुँदा आगामी दिनहरूमा खुल्ला ठाँउ, चाेकहरूमा गर्नु पर्ने कुरामा जाेड दिदैँ उप-प्रमुख रमा देवी राइद्वारा कार्यक्रम समापन गरियाे। 

( सार्वजनिक सुनुवाइकाे लाइभ भिडियाे बूढानीलकण्ठ न्युजकाे फेसबुक पेजमा हेर्न सक्नु हुनेछ । )

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय