बूढानीलकण्ठ नगरपालिकामा ६४ औँ राष्ट्रिय सहकारी दिवसकाे मनाइएकाे छ ।
“मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” नाराका साथ बूढानीलकण्ठ मन्दिर परिसरमा वृहत सरसफाइ र चियापान कार्याक्रम सम्पन्न भएकाे छ । याे कार्यक्रम जिल्ला सहकारी संघ काठमाडाैँ र बूढानीलकण्ठ नगर सहकारी समन्वय समितिकाे सहकार्यमा आयाेजना गरिएकाे थियाे ।
यस कार्याक्रममा नगरप्रमुख, उप-प्रमुख, सुशासन समिति संयाेजक तथा वडा नं. १२ अध्यक्ष शम्भु प्रसाद भट्टराई, वडा नं. ११ अध्यक्ष राजु अधिकारी, जिल्ला सहकारी संघ काठमाडाैँ अध्यक्ष ज्ञान बहादुर तामाङ, बूढानीलकण्ठ नगर सहकारी समन्वय समिति संयाेजक मिठाराम अधिकारी, सहकारी शाखा कर्मचारीहरू र नगरपालिका भित्र भएका सम्पूर्ण सहकारीहरूकाे उपस्थिति रहेकाे थियाे ।