नगरपालिका भित्रका स्वास्थय कर्मीहरू र चिकित्सक सहितकाे नगरपालिका स्तरीय द्रुत प्रतिकार्य टाेली (Rapid Response Team-RRT) सदस्यहरूका लागि विपद जाेखिम न्यूनीकरण (DRR) सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन गरिएकाे छ ।
याे कार्यक्रम नेपाल रेडक्रस साेसाइटी काठमाडाैँ जिल्ला शाखा मार्फत संचालित उत्थानशील नगर प्रवर्द्धन र सहभागीता (SURE) कार्यक्रम र बूढानीलकण्ठ नगरपालिका जनस्वास्थ्य महाशाखा सँगकाे सहकार्यमा संचालन गरिएकाे हाे ।
काठमाडाैँ जिल्ला कार्यक्रम संयाेजक शारदा खतिवडाले SURE कार्यक्रम र यसका कार्य क्षेत्र, लक्षित वर्गहरू, नगरभित्रका च्याम्पियन समूह र स्वास्थ्य सम्बन्धी नियमित गतिविधिहरूमा विपद जोखिम न्यूनीकरणकाे आवश्यक्ता बारे बताउदै नगरपालिकामा विपद जाेखिम न्यूनिकरणसँग सम्बन्धित हाल सम्म भएकाे काम उपर प्रस्तुतीकरण र छलफल समेत गरेका छन् ।
यसै क्रममा, स्थानीय विपद जाेखिमकाे पूर्व तयारी र प्रतिकार्यका गतिविधिहरुमा स्वास्थ्य क्लस्टर को भूमिका बारे बूढानीलकण्ठ नगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दाहालले छलफल र प्रस्तुतीकरण गरेका छन् ।