शाहिद गंगालाल राष्ट्रिय हार्ट सेन्टरले  (SGNHC) बूढानीलकण्ठ नगरपालिका सँगकाे सहकार्यमा बाथ तथा मुटु राेग सम्बन्धी निःशुल्क परिक्षण गर्ने याेजना बनाएकाे छ । यस याेजना उपर नगरपालिकामा यहि चैत्र १९ गते अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ । 

यस याेजना अन्तर्गत नगरभित्र रहेकाे १९ वटा सामुदायिक विद्यालयहरूमा ५ वर्ष देखी १५ वर्ष उमेर समूहका १२,००० जना विद्यार्थीहरूमा मुटु राेग भए-नभएकाे आधुनिक प्रविधि र उपकरणहरू द्वारा स्क्रिनिङ्ग गरिने छ । मुटु राेग देखा परेकाे खण्डमा शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रबाट निःशुल्क मुटुकाे उपचार गराउने याेजना रहेकाे छ । 

मुटु सम्बन्धी राेगका कारण नेपाल लगायत विश्वभर धेरै धनजनकाे क्षति भइरहेकाे अवस्था छ । सानै उमेरमा यस बारे पत्ता लगाउन सकेमा मुटु सम्बन्धी राेगकाे जाेखिम न्यूनीकरण गर्न सकिने भएकाेले, यस्ताे अनुसन्धान पहिलाे पटक बूढानीलकण्ठ नगरपालिकामा गराउन लागेकाे जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दाहालले बताउनु भएकाे छ । 

अनुसन्धान टोलीमा शाहिद गंगालाल राष्ट्रिय हार्ट सेन्टर (SGNHC) का कन्सल्टन्ट कार्डियोलोजिस्ट, रजिस्ट्रार र नेपाल स्वास्थ्य अनुसन्धान परिषदका विज्ञहरू छन्।

रुमेटिक हृदय रोग (Rheumatic Heart Disease, मुटु सम्बन्धित बाथ राेग) नेपालमा एक प्रमुख सार्वजनिक स्वास्थ्य समस्या हो जसले साना बच्चाहरू र किशोर-किशोरीहरूलाई असर गर्दछ । याे राेग ५ वर्ष देखी १५ वर्षका बालबालिकाहरूमा तीव्र रुमेटिक ज्वरो (ए.आर.एफ.) द्वारा उत्पन्न हुन्छ जसलाई बेलैमा पता लगाइ रोक्न र नियन्त्रण गर्न सकिन्छ । 

यस याेजना अन्तर्गतकाे कार्य वैशाख १५ गते भित्र संचालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय