बूढानीलकण्ठ नगरपालिकामा बिहिबार कृषि फार्महरु अनुगमन भएको छ । कृषि विकास शाखा र नगरपालिका अनुगमन समितिको संयुक्त गस्तिमा निस्केको अनुगमन टोलिबाट नगरपालिका वडा नं १३  , वडा नं १२ र  वडा नं १० मा रहेका विभिन्न कृषि फार्महरुमा निरिक्षण गरिएको हो ।

अनुगमन टोलिबाट नगरपालिका वडा नं १३ को चुनखेलमा रहेका एस.एस.के. एग्रो फार्म , हिसाङ्ग कृषि फार्म, मिलन कृषि फार्म, मिसन स्मिता कृषि तथा पशुपंक्षी फार्म, कन्दरा कृषि फार्म, वडा नं १० मा रहेको अन्नपुर्ण कृषि एण्ड रिसर्च सेन्टर लगायत वडा नं १२ को कृष्ण गाई फार्म गरी ७ वटा कृषि फार्म अनुगमन गरिएको छ ।

बूढानीलकण्ठ नगरपालिका कृषि विकास शाखाको आ.व. २०७७\७८ को स्वीकृत आन्तरिक तर्फको ५० प्रतिशत अनुदानमा यूवा लक्षीत व्यवसायिक कृषि कार्यक्रम ल्याएको थियो ।

कार्यक्रम संचालन गर्नका लागी मंसिर ०५ गते प्रकाशित सुचना अनुसार आएका आवेदनको आधारमा  कृषक तथा कृषि फर्महरुलाई छनौट गरी प्रत्येकलाई रु.४५,०००\- को दरले उपलब्ध गराउने सम्झौता निर्णय भयो।

छनौट भएका कृषक तथा कृषि फार्महरुलाई बिनियोजित रकम भुक्तानिको लागी शाखाबाट केही प्रावधानहरु तोकिएको थियो ।

अनुदानबाट आएको रकमले कृषी सामाग्रि खरिद तथा फार्मको स्तरोन्नतिमा खर्च गर्नु पर्ने प्रावधान रहेकोले सोहि रकमको भुक्तानी लिनको लागि सम्बन्धित फार्महरुले कार्यक्रमको प्रावधानहरु पालना गरेको वा नगरेको अवस्थालाई निरिक्षण गर्न अनुगमन गरिएको शाखा प्रमुख लक्षमि घर्तिले जानकारी दिनुभयो ।

यस अनुगमनबाट कृषि फार्महरुले कार्यक्रम अनुसार तोकिएको प्रावधानहरु पालना गरेको पाईएको छ ।  केहि कमि कमजोरी देखिएको फार्महरुलाई प्रावधान अनुसार कामहरु गरेको प्रमाण जुटाई भुक्तानिको लागी आवश्यक कागजात तयार पार्न शाखा प्रमुखले निर्देशन दिनु भएको थियो ।

यस कार्यक्रम अन्तर्गत छनौट भएका २१ वटा कृषि फर्म मध्य ७  वटाको अनुगमन भएको छ र अन्य कृषि फर्ममा पनी अनुगमन द्रुत गतिमा हुने जानकरी शाखाले दिएको छ ।

युवाहरुलाई बैदिशिक रोजगार भन्दा स्वदेशमै परिचालन गरि कृषि क्षेत्रमा संलग्न गराउन प्रोत्साहन स्वरुप यस कार्यक्रम आयोजना गरिएको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय