नगरपालिका लाई अझै सम्म पनी गा.वि.स. भनेर बुझ्ने वडा नं ११ कि सर्मिला आफ्नो सानो बच्चा संगै तालिम कक्षामा देखिईन् । श्रीमान र २ बच्चा सहित ४ जना परिवार भएको उनको घर श्रीमानको श्रमिक तलवले धानिरहेको बताँउछिन् । परिवारको आर्थिक स्थिति कमजोर भएको बताउँदै उनी पनी केही काममा आवद्ध भई आर्थिक स्थिति स्थिर बनाउन सहयोग गर्ने ईच्छा भएको गुनासो पोखिन् । तर, घर घृहस्थि सम्हालिरहेकि उनी बालबच्चाको हेरविचार र परिवारको सुरक्षाको निमित्त घर भित्रै सिमित हुन पर्ने बाध्यता छ ।
यस्तै अवस्थामा उनले एक दिन नगरपालिकामा तालिमको अवसर आएको खबर सुनिन् । खबर सुन्ने बित्तिकै तालिमको बारे उत्साहित हुदै बुझ्न थालिन र प्रकृया अनुसार वडाको सिफारिस मागि आफु पनि सहभागि हुनलाई तयार भईन । ८ दिने तालिम लिए पछि अहिले उनी आफु नगरपालिकाको वासिन्दा रहेछु गा.वि.स. होईन रहेछ भन्ने थाहा पाँउदा आश्चर्य मानिन् । यति मात्रै होईन, ‘उद्यम गर्न त धेरै लगानी न चाहिने रै’छ नि सर, घरमै पनी उत्पादन गर्न सकिने वस्तुहरु हुने रहेछ! मैले त अब व्यवसाय सुरु गर्नु भन्दा अघि र सञ्चालन गर्दा व्यवस्थापन गर्ने सिपहरु पनि सिके नि! केहि आएन भने हाम्रो प्रशिक्षक सरले थप सहयोग गर्छु पनि भन्नु भा’को छ’ भन्दै तालिममा लिएको व्यवहारीक र प्रयोगात्मक ज्ञान हामिलाई सुनाँईन । उनको यस उत्साहित प्रतिकृया देख्दा अहिले उनिमा उद्यम गर्ने ईच्छा निकै वृद्धि भएको बुझ्न सकिन्छ । एक सफल महिला उद्यमी बन्ने सपना उनले तालिम अन्तरालमै बुनिरहेको पनी बताँउछिन् ।
यस्तो प्रतिकृया र कथा सुनियो वडा नं ११ मा ‘मेड्पा’ कार्यक्रम अन्तर्गत तालिम समापनको दिन हामिले प्रशिक्षार्थिहरु संग गरेको कुराकानीमा । यस्तै कथा र उत्साह देख्न र सुन्न पाईन्छ आजकाल बूढानीलकण्ठ नगरपालिकाको विभिन्न वडाहरुमा सञ्चालन भईरहेको “गरीबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम्” (मेड्पा) को तालिममा ।
बूढानीलकण्ठ नगरपलिकामा “गरीबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम्” (मेड्पा) सुरु भएको छ। नगरपालिकामा पुष २७ गते उद्यम विकास समिती गठन भए पश्चात यस योजनाको काम सुरू भएको हो।
गरिब तथा बेरोजगार व्यक्तिहरु लक्षित यस कार्यक्रमले विभिन्न किसिमका सिप मुलक तालिमहरु प्रदान गर्दै आएको छ। यसका साथै आफ्नै व्यवसाय गर्न इच्छुक व्यक्तिहरूलाई प्राविधीक सहयोग, ऋण तथा कर्जाको लागी वित्तिय संस्थाहरुसँग सहजिकरण गराईदिने र उत्पादन भएका वस्तुहरुको बजारीकरणमा सहयोग गर्ने योजना मेड्पाको रहेको छ ।
उद्यम विकास समितिको समन्वयमा मेड्पा अन्तर्गत कार्यक्रम सञ्चालन गर्न नगरपालिकाको वडा नं ०७ ,०८ र ११ छनौट गरिएको थियो । तालिमको पहिलो चरणको अभिमूखिकरण कार्यक्रम सकिए पछि सुरु भएको दोस्रो चरणको ८ दिने उद्यमशीलता विकास, लैङ्गिक समानता तथा समाजिक समावेशीकरण तालिमको छनौट भएका सबै वडामा तालिम सञ्चालन भएको छ ।
८ दिने तालिमको चैत्र १८ गते वडा नं ११ मा वडा अध्यक्ष राजु अधिकारी को उपस्थितिमा समापन गरिएको छ ।
उद्यम विकास समितिले यस कार्यक्रम मार्फत नगरपलिकामा ८० वटा उद्यमी तयार पार्ने लक्ष्य लिएको छ।
दोस्रो चरणको तालिम समापन भए संगै तेस्रो चरणको प्राविधिक सिप विकासको तालिम सञ्चालन गर्ने तयारी भईसकेको उद्यम विकास सहजकर्ता तथा प्रशिक्षक जनार्दन मिश्रले जानकारी दिनु भयो । तेस्रो चरणको तालिममा सहभागिहरुलाई आफुलाई ईच्छा लागेको सिलाई-बुनाई तालिम ,कृषी तालिम तथा अन्य प्राविधीक तालिमहरु प्रदान गरिने छ ।
आय श्रोत बढाउनका लागी घरैमा बसेर आफै उत्पादन गर्न सक्ने गरि लघु उद्यममा संलग्न गराइ गरीबी निवारणमा सहयोग पुर्याउने मुल उद्देश्य रहेको तालिमबाट प्रशिक्षार्थिहरुले धेरै नौलो तथा व्यवहारिक जिवन उपयोगि सिप सिक्न पाएकोमा आत्म निर्भर भई आफै उद्यम गर्न हौसला बढेको बताँउछन् ।