बुढानीलकण्ठ नगरपालिकाको १६ औं अधिवेशनको चौथो बैठकबाट आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयक, विनियोजन विधेयक र आर्थिक वक्तव्य पारित भएको छ ।

नगरपालिका सभाहलमा असार ११ गते बसेको चौथो बैठकबाट यस अघि वसेको (तेस्रो वैठक)मा पेश भएका आर्थिक विधेयक, विनियोजन विधेयक र आर्थिक वक्तब्य उपर छलफल र सुझाव संकलन पश्चात नगरसभा अध्यक्ष, उपाध्यक्ष ,सचिव र नगर सभा सदस्यहरुले आजको बैठकबाट पारित गर्नुभएको हो ।

नगर सभाले तयार गरी पारित भएको आर्थिक वर्ष २०८२/८३ को विनियोजित बजेट ३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । गत आ.व. को विनियोजित बजेट ३ अर्ब २५ करोड रहेको थियो भने यस बर्ष बजेट २० करोड रुपैयाँले बढेको देखिन्छ ।

नगर अधिवेशनको तालिका अनुसार चौथो बैठक मार्फत १६ औं नगर अधिवेशन सम्पन्न भएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय