बुढानीलकण्ठ , असार ११ – बुढानीलकण्ठ नगरपालिकाले कृषि तथा पशुपालन व्यवसायमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तिहरू र समूहहरूलाई “उत्कृष्ट कृषक सम्मान तथा पुरस्कार वितरण कार्यक्रम”का बीच सम्मान तथा नगद पुरस्कार वितरण गरेको छ।

कृषि क्षेत्रमा व्यवसायिक तरकारी खेती, कौसी खेती (व्यक्तिगत तथा सामूहिक) र पशुपालन तर्फ गाई तथा बाख्रा पालन व्यवसायमा उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई मुल्याङ्कनमा आधारित रहेर सम्मान गरिएको हो।

छनौटका लागि विशेष समिति गठन गरी कार्यविधि र दायरा तयार गरिएको थियो भने नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा लगायतको टोलीले फिल्ड अनुगमनसमेत गरेका थिए।

व्यवसायिक तरकारी खेती तर्फ:

  • प्रथम: डिना कृषि फर्म, वडा नं. १३ – रु. ३०,०००/-

  • द्वितीय: वि. एण्ड. वि. कृषि फार्म, वडा नं. ०८ – रु. २५,०००/-

  • तृतीय: आरुष कृषि फार्म, वडा नं. ०८ – रु. २०,०००/-

कौसी खेती (व्यक्तिगत):

  • प्रथम: हरिमाया भेटवाल, वडा नं. ०८ – रु. २५,०००/-

  • द्वितीय: लक्ष्मण अधिकारी, वडा नं. १० – रु. २०,०००/-

  • तृतीय: कौसिला पेखरेल, वडा नं. ०८ – रु. १५,०००/-

कौसी खेती (समूह):

  • प्रथम: ज्ञानभूमि कौसी तथा करेसाबारी कृषि समूह, वडा नं. ०४ – रु. ३५,०००/-

  • द्वितीय: सुनौलो कौसी खेती महिला समूह, वडा नं. ०८ – रु. ३०,०००/-

  • तृतीय: बज्रधाम कृषि तथा फूलबारी समूह, वडा नं. ०८ – रु. २५,०००/-

गाई पालन व्यवसाय तर्फ:

  • उत्कृष्ट: घिसिङ खरषि फार्म, वडा नं. १० – रु. २५,०००/-

  • प्रथम: महादेव कृषि फार्म प्रा.लि., वडा नं. १२ – रु. २०,०००/-

  • द्वितीय: सेरा एग्रिकल्चर मल्टिपर्पज कम्पनी, वडा नं. १३ – रु. १५,०००/-

  • तृतीय: धिमिरे गाई फार्म, वडा नं. ०८ – रु. १०,०००/-

  • सान्त्वना (५): बुढानीलकण्ठ कार्की गाई फार्म, कृतिका कृषि तथा पशुपालन फार्म, असल फसल फार्म, अधिकारी गाई फार्म – सबैलाई रु. ५,०००/-

बाख्रा पालन व्यवसाय तर्फ:

  • ओम कार्यधर अर्गानिक कृषि तथा पशुपालन फार्म प्रा.लि., वडा नं. ०६ – रु. २०,०००/-

  • कार्कि बाख्रा पालन, वडा नं. ०८ – रु. ५,०००/-

फोटोहरुः यस लिङ्कबाट हेर्नुहोला…. https://www.facebook.com/share/p/1A7fYRDFzR/

कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारीले सबै विजेता कृषक तथा समूहलाई खादा, माला र प्रमाणपत्रसहित नगद पुरस्कार वितरण गर्नुभयो। उहाँले कृषकहरूको मेहनत र नविन प्रयोगप्रति धन्यवाद दिंदै आगामी दिनमा थप प्रोत्साहन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उपप्रमुख अनिता लामाले स्थानीय स्तरमै कृषि आत्मनिर्भरता तर्फ उन्मुख हुन यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्ने बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत अजय वर्तौलाले नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई अझ व्यवस्थित बनाउन आवश्यक बजेट, तालिम तथा प्राविधिक सहयोग निरन्तर दिने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा आर्थिक विकास समिति संयोजक रिना श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत अजय वर्तौला, कृषि शाखा प्रमुख मेनुका तिवारी, पशु सेवा शाखा प्रमुख ओम कुमारी गुरुङ लगायत सम्बन्धित शाखाका कर्मचारी तथा कृषकहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय