बुढानीलकण्ठ, काठमाडौं – २०८२ असार ५

SWISS Help Desk प्रतिनिधि सब्रिना वुर्म्ली ले HELVETAS नेपालद्वारा सञ्चालित ENSSURE परियोजना अन्तर्गतको “Green Skill” कार्यक्रमको प्रगति अवलोकन गर्न बुढानीलकण्ठ नगरपालिकाको भ्रमण गर्नुभएको छ। भ्रमणका क्रममा उहाँले नगरपालिकाका प्रमुख पदाधिकारीहरूसँग छलफल गर्दै परियोजनाको उपलब्धि र चुनौतीबारे जानकारी लिनुभएको थियो।

उहाँले बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, उप–प्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला र प्रशासकीय अधिकृत महेश प्रसाद पाठकसँग भेटघाट गरी छलफल गर्नुभएको थियो। छलफलमा “Green Skill” परियोजनाको कार्यान्वयन, वातावरण संरक्षण सम्बन्धी स्थानीय प्रयासहरू तथा भविष्यका योजनाहरूमा ध्यान केन्द्रित गरिएको थियो।

HELVETAS नेपालद्वारा सञ्चालित र स्वीस सरकारको सहयोगमा संचालित ENSSURE (Enhanced Skills for Sustainable and Rewarding Employment) परियोजना अन्तर्गत बुढानीलकण्ठमा विभिन्न वातावरणमैत्री पहलहरू सञ्चालनमा छन्, जसमध्ये प्रमुख हुन्:

  • वातावरणीय शिक्षा स्थानीय पाठ्यक्रममा समावेश

  • नगरपालिकाको भवन परिसर र अन्य स्थानहरूमा वर्षा पानी संकलन प्रणाली (Rainwater Harvesting)

  • वातावरणीय दिगोपनमा आधारित सार्वजनिक–निजी साझेदारी (PPT) मोडेलको सफल कार्यान्वयन

नगरप्रमुख मिठाराम अधिकारीले प्रतिनिधि वुर्म्ली साथै HELVETAS NEPAL निर्देशक मनिष प्रधान, ENSSURE का टिम लिडर रविन्द्र बहादुर सिंह र बागमती प्रदेश म्यानेजर निर्मला मैनालिलाई न्यानो स्वागत गर्दै नगरपालिकाको तर्फबाट मायाको चिनो (Token of Love) प्रदान गर्नुभएको थियो।

उक्त कार्यक्रममा बोल्दै सब्रिना वुर्म्लीले वातावरणीय संरक्षणमा बुढानीलकण्ठ नगरपालिकाको सक्रियता र ENSSURE परियोजनासँगको सहकार्यको प्रशंसा गर्दै “Green Skill” परियोजना स्थानीय तहमा सफलतापूर्वक कार्यान्वयन भइरहेको बताउनुभयो।

यो भ्रमणले बुढानीलकण्ठ नगरपालिका र अन्तर्राष्ट्रिय विकास साझेदारहरूबीचको सहकार्यलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ, जसले वातावरणीय दिगोपन र सीप आधारित विकासमा योगदान पुर्‍याउनेछ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय