बूढानीलकण्ठमा पहिलाे पटक नगर युवा परिषद गठन भएकाे छ । नगरपालिकाकाे ६४ औ कार्यपालिकाकाे बैठकमा नगर युवा परिषद कार्यविधि अनुरुप युवा परिषद गठन गरिएकाे हाे ।
नगरप्रमुखकाे अध्यक्षतामा गठन भएकाे यस परिषदमा कपन जेसिसका पुर्व अध्यक्ष तथा उद्यमी रूपेश भट्टराई उपाध्यक्ष मनाेनीत भएका छन । यसैगरी, युवा विकासको क्षेत्रमा योगदान पुर्याइरहेका युवा उद्यमी पाेषण नेपाल, गणेश युवा क्लबका अध्यक्ष दिपु बस्नेत, सुचना प्रविधिका क्षेत्रमा कार्यरत युवा सराेज धिताल र युवा क्षेत्रमा क्रियाशिल महिला प्रतिनिधि नेहा न्याैपाने प्रथम नगर युवा परिषदका सदस्य पदमा मनाेनीत भएका छन ।
नगर युवा परिषदमा अध्यक्ष पद सेरेमोनियल हुने भएकोले उपाध्यक्ष पद महत्वपुर्ण हुने गर्दछ। यस परिषदको सदस्य सचिव भने शिक्षा, युवा तथा खेलकुद महाशाखाका अधिकृत स्तरका कर्मचारी हुनेछन्।
(तस्विर बायाँ बाट क्रमश: रुपेश भट्टराई, पोषण नेपाल, सरोज धिताल र नेहा न्यौपाने )
युवाको हक हितको संरक्षण, सम्वर्द्धन र सशक्तीकरणका साथै शिक्षा,सीप, उद्यमशीलता र रोजगारीलाई प्रबर्धन गर्दै स्थानीय स्रोत र साधनको अधिकतम उपयोगबाट समुन्नत नगरपालिका निर्माणका लागि युवासम्बन्धी नीति निर्माणदेखि कार्यान्वयन तहसम्म युवाहरुको सार्थक सहभागिता बृद्धि गरी विकासमा मूलप्रवाहीकरण गर्न वाञ्छनीय भएकोले, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २० को अधिकार प्रयोग गरी बूढानीलकण्ठ नगरपालिकाको नगर कार्यपालिकाले यो कार्यविधि बनाएको छ ।