चैत्र १३ गते देखि काठमाडाै लगायत देशका विभिन्न भागमा बढेकाे वायु प्रदुषणले विद्यार्थीहरूकाे स्वास्थ्यमा प्रतिकूल असर पर्ने सम्भावना रहेकाे हँदा सबै शिक्षण संस्थाहरू अर्काे सूचना नआए सम्मकाे लागि चैत्र २० गते सम्म बन्द गरिने छ।
उच्च शिक्षा प्रदायक संस्थाहरू तथा परिक्षा संचालन गरिरहेका विश्वविद्यालयहरूले स्वास्थ्य सजगता अपनाउदै परिक्षाका कार्यक्रमहरू संचालन गर्न सक्नेछन् ।
वायु प्रदुषणकाे कारणले निम्त्याउन सक्ने जाेखिमबाट बच्नका लागि विद्यालय विदा भएकाे अवस्थामा घरभित्रै बसी, काेभिड-१९ समेतकाे जाेखिमबाट बच्नकाे लागि न्यूनतम मापदण्ड अपनाउनु हुन नगरप्रमुख उद्धव खरेलले सम्पूर्ण नगरवासीहरूमा हार्दिक अपिल गर्नु भएकाे छ ।