चैत्र १३ गते देखि काठमाडाै लगायत देशका विभिन्न भागमा बढेकाे वायु प्रदुषणले जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने सम्भावना रहेकाे छ । 

 

बालबालिका, जेष्ठ नागरिक, काेराेनाबाट निकाे भएका र स्वासप्रस्वास सम्बन्धी बिरामीहरू एवमं  मुटु राेगीहरू अधिक प्रभावित हुन सक्ने हुनाले उँहाहरूले थप सावधानी अपनाउन पर्नेछ । 

 

जल तथा माैसम विज्ञान विभागका अनुसार जाडाे वर्षाकाे अभाव, देशकाे दक्षिणी क्षेत्रकाे जंगलहरूमा आगलागी र शहरकाे प्रदुषणका कारणले काठमाडाैँ बाक्लाे तुवाँलाेले ढाकिएकाे र हावाकाे गुणस्तर नराम्राे भइरहेकाे छ । 

सकेसम्म घर बाहिर ननिस्किन साथै निस्किनै पर्ने अवस्थामा विशेष सावधानी अपनाउन, खुला रूपमा आगाे बाल्ने कार्य नगरिदिनुहुन र विद्युतीय सवारी साधन बाहेक अन्य सवारी साधन कम प्रयाेग गर्नुहुन नगरप्रमुख उद्धव प्रसाद खरेलले सम्पूर्ण नगरवासीहरूमा हार्दिक अपिल गर्नु भएकाे छ । 

 

वन तथा वातावरण मन्त्रालयकाे वातावरण शाखाले जारी गरेकाे प्रेश विज्ञाप्ति अनुसार माैसम परिवर्तन नभइ यस्तै भइरहेमा, केहि समयसम्म प्रदूषणकाे यस्तै रहन वा अझै खराब समेत हुने सम्भावना रहेकाे छ । 

 

गत वर्ष भारतकाे नयाँ दिल्लीमा पनि यस्तै अवस्थाकाे सृजना भएकाे हुँदा जनस्वास्थ्य संकटकाल समेत घाेषणा गरिएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय