नगरभित्रका रहेका महिला समूहहरूकाे छैठौ टाेलीलाई आधारभुत तालिम दिईएकाे छ । महिला, बालबालिका तथा समावेशीकरण शाखाद्वारा संचालित यस तालिममा वडा नं. ०९ र १० का एघार वटा महिला समूहहरूबाट ३० जना सहभागी लाई तालिम दिईएको हो । 

यस तालिममा महिलाकाे वर्तमान अवस्था, लिङ्ग, लैङ्गिकता तथा पितृसत्ताले पारेकाे असर र महिला सशक्तिकरणका लागी संस्थागत विकास बारे छलफल गरिएकाे थियाे । आय आर्जन गर्ने स्राेत र तरिका, याेजना, अर्थ, बचत तथा परिचालनका तरिकाका विषयहरू समेत तालिमले समेटेकाे छ ।

महिला तथा बालबालिका माथि हुने हिंसा तथा लैंगिक हिंसा निवारणकाे लागी निग्रहानी समूह,प्रजनन अधिकार र प्रजनन स्वास्थय तथा महिलाहरूकाे उद्यमशील सशक्तिकरणका विषयगत छलफल सँगै महिला अधिकारका मुख्य कानूनी प्रावधान सम्बन्धी विशेषज्ञहरूद्वारा तालिम दिईएकाे हाे । 

यसै सन्दर्भमा, नगरप्रमुखले तालिमको समापनको दिन नगरपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवा सुविधा,  स्थानीय तहमा  जनप्रतिनिधिहरुको दायित्व र नगरको योजना तथा विकासका  बारेमा अन्तर्क्रियात्मक तथा जानकारी मुलक कक्षा लिनुभएको थियो  ।

 

तालिम मार्फत महिलाहरूकाे जागरण, स्वास्थय, बचत देखी लिएर उद्यमशील बन्ने क्षमतामा बृद्दि गराई उँहाहरूकाे जिवन परिवर्तन गराउने उदेश्य रहेकाे महिला, बालबालिका तथा समावेशीकरण शाखा प्रमुख पुष्पा बमले बताउनु भएकाे छ । महिलाहरूकाे नेत्रित्व विकास, क्षमता अभिबृद्दि र समूह परिचालनमा सहयाेग पुर्याउनकाे लागि याे तालिम महत्वपूर्ण रहेकाे तालिम संयोजक तथा सोहि शाखा कर्मचारी गिता के.सी. ले जानकारी दिनु भएकाे छ । 

सहभागीहरूले ५ दिने आधारभूत तालिम मार्फत नेत्रित्व विकास, महिलाकाे हक अधिकार र समूह गठन गरी समाजमा अग्रसर भूमिका निर्वाह गर्न उत्प्रेरित भएकाे बताउदै यस्ताे तालिम नियमित अन्तरालमा वडा वडामा संचालन गर्न आग्रह गर्नु भएकाे छ । 

यस छैठौँ तालिम सकिए संगै महिला, बालबालिका तथा समावेशीकरण शाखाको ५ दिने आधारभूत तालिम कार्यक्रमको समापन भएको तालिम संयोजक गिता के.सी. ले बताउनु भयो । शाखाबाट अन्य तालिमहरु प्रदान गर्ने योजना बनिरहेको उहाले जानकारी दिनुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय