बूढानीलकण्ठ नगरपालिका वडा नं १३ कौडोलमा डाँडा खारेर बालुवा बेच्ने कार्य बन्द गराईएको छ। आज बिहान नगर प्रमुखले तुरुन्त बन्द गर्न निर्देशन दिनुभएको थियो। निर्देशन दिनुका साथै उप-प्रमुख रमा राईको नेतृत्वको अनुगमन टोलीले अनुगमन समेत गरी डाँडा खार्ने र बालुवा झिक्ने कामलाई बन्द गराईएको छ। आज पहिलो कारवाही स्वरुप बन्द गराईएको हो।
जिल्ला वन कार्यालय, स्थानीय सामुदायिक वन उपभोक्ता समितिको सिफारीसमा त्यस स्थानको माटो कतै पैठारी नगर्ने सर्तमा नगरपालिकाले जग्गा सम्याउन सिफारीस दिएपनि सो अनुरुप काम नभएकोले बाँकी कारवाहीको प्रक्रिया समेत अगाडी बढाईएको छ।
उक्त स्थानको बारेमा विगत केही दिन देखि स्थानीय सञ्चार माध्यममा समाचारहरु आईरहेको र नगरपालिकामा निवेदन समेत पर्न आएको थियो।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Budhanilkantha News
Made with ❤️ By Gorkhaly Labs