बूढानीलकण्ठ नगरपालिकाद्वारा पुनः वृद्धि भइरहेको कोभिड १९ बाट बच्न तथा यसको संक्रमणको जोखिमलाई न्युनिकरण गर्नका लागि नगरवासीहरु आ-आफ्नो तहबाटै सुरक्षित रहनका लागि सूचना सहित आग्रह गरिएको छ।

बढानीलकण्ठ नगरपालिकाका भित्रका विभिन्न बुद्धिजिवी, समाजसेवी, व्यवसायी, उद्योगी, नागरिक समाज, सामुदायिक संघ/संस्था, टोल सुधार समिति र सर्वसाधारणहरुलाई कोभिड १९ को महामारी विरुद्ध लड्नको लागि आवश्यक सहयोग र समन्वयका लागि नगरपालिकाले अपिल गरेको छ ।

विश्वभर पुनः वृद्धि भइरहेको कोभिड १९ को संक्रमण हाल छिमेकी मुलुक भारतमा समेत बढ्दो अवस्था बारे हामी सबै अवगत छौँ। साथै कोभिड १९ कै कारण विशवभर मृत्युदरमा समेत वृद्धि भइरहेको राष्ट्रिय तथा अन्तराष्ट्रिय संचार माध्यम मार्फत जानकारी तथा सचेत रहनका लागि सूचनाहरु प्रकाशन भइरहेका छन्।

त्यसरीनै छिमेकी मुलुकमा बढ्दै गएको संक्रमण दर तथा मृत्यु संख्या वृद्धि भएसँगै नेपालमा समेत संक्रमणको उच्च जोखिम रहेको छ। स्वास्थ्य मन्त्रालयद्वारा विज्ञप्ती जारी गर्दै आम नागरिकहरुलाई सजक र सतर्क रही स्वास्थ्य मापदण्ड पालना गर्न/गराउन अनुरोध गरिएको छ ।

साथै यस नगरपालिकामा कोभिड १९ को संक्रमण फैलिन नदिन तपशिल बमोजिमका सावधानी अपनाउनुहुन सरोकारवालाहरु सबैमा हार्दिक अनुरोध गरिएको छ।

तपशिल:

१.अति आवश्यक बाहेक नगरपालिकाभित्र भिडभाड हुने किसिमका कुनै पनि किसिमका कार्यक्रम, सभा तथा समारोह आयोजना एवं संचालन गर्न नहुने साथै गर्ने पर्ने अत्यावश्यक कार्यक्रमहरुमा सुरक्षाका बिधिहरु पालना अनिवार्य गर्ने ।

२. हरेक व्यक्तिले पटक पटक साबुनपानीले हात धुने तथा स्यानीटाईजरको प्रयोग गर्ने ।

३. सार्वजनिक ठाउँमा हिँडडुल गर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने तथा न्युनतम २ मिटरको भौतिक दुरी कायम गर्ने गराउने ।

४. कोभिड १९ को लक्षण देखिएमा तत्कालै तोकिएको स्वास्थ्य संस्थामा गई कोरोना परिक्षण गर्ने/गराउने ।

५.होटल, पसल र व्यापार व्यवसाय सञ्चालन गर्दा जनस्वास्थ्य सुरक्षाका मापदण्ड उचित रुपमा परिपालना गर्ने /गराउने ।

६. पर्व मेला, सामुहिक तथा सामाजिक कार्यक्रममा हुने संख्यालाई सावधानी पूर्वक न्यूनीकरण गर्दै अत्यावश्यक संख्या मात्र जम्मा भई कार्यक्रम गर्ने ।

७.आम जनसमुदायहरुले एक अर्कोलाई सावधानी र सचेतना अपनाउन सर्तक गराउने ।

८. साथै नजिकिदै गरेको फागु पुर्णिमा (होली) लगायत चाडपर्वहरु मनाउँदा भिडभाड नगरी अनिवार्य रुपमा कोभिड रोकथाम तथा नियन्त्रणको लागि तोकिएका जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गराउने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय