काठमाडौं । शिवपुरी सन्देश त्रैमासिक पत्रिकाको बूढानीलकण्ठ क्षेत्रका स्रष्टाहरूको परिचय र रचनालाई समेटेर प्रकाशित गरिएको ८८ औं अङ्क एक समारोहका बीच बूढानीलकण्ठ नगरपालिको सभाकक्षमा लोकापर्ण गरिएको छ ।

बूनपाका प्रमुख श्री उद्धव खरेलको सभापतित्वमा भएको कार्यक्रमा, प्रदेश सभा सदस्य मानीय भीमसेन खत्री, नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्रा. डा. जगतप्रसाद उपाध्याय, नेपाल प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य हेमनाथ पौडेल, साहित्यकार विष्णुवहादुर सिँह, बूनपा उपप्रमुख रमा राई, बूनपा प्रशासकीय अधिकृत वैकुण्ठप्रसाद सापकोटाले लोकार्पित विशेषाङ्कका बारेमा आ–आफ्ना धारणा राख्नु भएको थियो ।

पत्रिकाका प्रधान सम्पादक तथा प्रकाशक वियोगी बुढाथोकीले लकडाउनका समयमा रचना जुटाउन निकै सकस परेको र सकेसम्म सबैलाई समेटौँ भन्दाभन्दै पनि यो चाहना पूरा हुन नसकेको र छुटेका स्रष्टालाई पनि पछि समेटेर लाने कुरा बताउनु भयो ।

यस अङ्कमा बूनपा क्षेत्रका ५३ जना स्रष्टाको परिचय र रचना समाविष्ट छन् भने ७ वटा यसै क्षेत्रबाट प्रकाशन हुने साहित्यिक पत्रिका र ७ वटा साहित्यिक संस्थाको सङ्क्षिप्त परिचय समेत दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय