बूढानीलकण्ठ नगरपालिकाले नगरभित्र बाट एक जना महिला उद्यमी र एक महिला उद्यमी समुहलाई आर्थिक र प्राविधिक सहयोग गर्ने कार्यक्रम ल्याएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सिंहदरवार, काठमाडौं को मिति २०७७ चैत ३ गते गोरखापत्रमा प्रकाशित सूचना बमोजिम मन्त्रालयको आ. व. २०७७\७८ को स्विकृत वार्षिक कार्यक्रम अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेशबाट एक महिला उद्यमी समुह र बिस जना महिला उद्यमीहरुलाई टेवा पूँजी र प्रविधि सहयोग उपलब्ध गराउने कार्यक्रम रहेको हुँदा बूढानीलकण्ठ नगरपालिकामा रहनु भएका ईच्छुक महिला उद्यमी र महिला उद्यमी समुहले देहायका कागजात सहित मिति २०७७ चैत १७ गते मङ्गलबार, कार्यालय समयभित्र नगरपालिकामा निवेदन दिनुहुन महिला बालबालिका तथा समावेशीकरण शाखाले सुचना प्रकाशित गरेको छ ।

बूढानीलकण्ठ नगरपालिका बाट एक जना महिला उद्यमी र एक महिला उद्यमी समुह मात्र छनौट गर्नु पर्ने भएकोले सिफारिस गर्ने आधार महिला उद्यमशीलता विकास, वित्तिय पहुँच, टेवा पूँजी र प्रविधि सहयोग कार्यक्रम सञ्चालन कार्यविधि २०७७ को दफा ०७ बमोजिम हुने  शाखाले जानकारी दिएको छ ।

निवेदन साथ संलग्न गर्नु पर्ने कागजातः

१. उद्योग\ व्यवसाय दर्ता वा नविकरणको प्रमाणपत्र,

२. स्थायि लेखा नम्बर वा मुल्य अभिबृद्धि कर दर्ताको प्रमाणपत्र,

३. कर दाखिला गरेको प्रमाण वा कर चुक्ताको प्रमाणपत्र,

४. आवश्यक अनुसार व्यवसायीक ईजाजत पत्र,

५. व्यवसायीक योजना,

६. माग गरेको प्रविधि र सो प्रविधिको क्षमता सहितको विवरण ।

थप जानकारीको लागी बूढानीलकण्ठ नगरपालिकाको महिला बालबालिका तथा समावेशीकरण शाखा मा सम्पर्क गर्नुहुन शाखा अधिकृत रोशनी श्रेष्ठले जानकारी दिनु भएको छ । साथै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सिंहदरबार को वेबसाईटः www.mowcsc.gov.np  बाट पनी जानकारी लिन सक्नु हुने व्यवहरा सुचनामा  उल्लेखित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय