बूढानीलकण्ठ वडा नं. ११, कपन गुम्बाकाे उत्तरमा रहेकाे शिव मन्दिर मार्गमा डिप बाेरिङ्ग गरिएकाे छ । बाेरिङ्गबाट १५ हजार लिटर पानी प्रति घण्टा चाैबिसै घण्टा उपलब्ध गराउन सकिने अनुमान रहेकाे छ । 

वडाकाे पहलमा हाल शिवपूरी वालुवा खानेपानीद्वारा यस क्षेत्रमा हप्ताकाे २ दिन पानी वितरण भइरहेकाे छ जसबाट १ पटकमा ५०० लिटर पानी आउने गरेकाे छ । यति मात्रा स्थानीयहरूकाे लागि अपर्याप्त रहेकाे हुँदा डिप बाेरिङ्ग कार्य सुरू गरिएकाे हाे । नगरपालिका सँगकाे सहकार्यमा बाेरिङ्ग गर्नका लागि न्यू सेडल संस्थाले जग्गा उपलब्ध गराएकाे छ ।

नगरपालिकाद्वारा विनियाेजित २० लाख बजेटबाट बाेरिङ्गकाे काम सुरू गरिएकाे हाे । फेन्सिङ्, रिजर्भ ट्याङ्की निर्माण, पाइपलाईन लेआउट समेतकाे काम सम्पन्न गरि करिव २५३ घर धुरीलाइ समेट्ने गरी खानेपानी सहितकाे धारा वितरण गर्ने याेजना रहेकाे वडा अध्ययक्ष राजु अधिकारीले बताउनु भएकाे छ । 

बाेरिङ्ग गर्ने याेजना केहि वर्ष पहिले देखिकाे रहे तापनि स्थानीय तहकाे गठन भएपछि व्यवस्थित रूपमा यस खानेपानी बाेरीङ्गकाे कार्य सुरू गरि पानी समेत आइसकेकाे हँदा स्थानीयहरूमा खुशी छाएकाे छ । 

शिव मन्दिर मार्ग सुधार समाज उपभाेक्ता समिति अध्ययक्ष मान बहादुर प्रजाले यस क्षेत्रमा पिउने पानीको समस्यालाइ सम्बोधन गरि दिएकाेमा नगरपालिका, ११ नं. वडा र न्यू सेडललाइ धन्यवाद व्यक्त गर्दै याेजना अनुरूप पानीले धाने सम्म २५३ घर धुरीलाइ खानेपानी वितरण गर्ने प्रतिबद्दता जनाउनु भएकाे छ । 

बिगतमा पानीकाे धेरै समस्या भएकाेले शारिरिक रूपमा अशक्त स्थानीयहरूलाइ थप गाह्राे भइरहेकाे बताउदै वुद्धि माया थामीले यस याेजना र सहकार्य गर्नुभएकाे सम्पूर्ण प्रति धन्यवाद सहित खुशी व्यक्त गर्नु भएकाे छ ।  

खानेपानी निकाल्ने, प्रशाेधन र वितरणकाे कार्य जिम्मेवारी दिइएकाे पाथिभरा ड्रिलिङ एण्ड कन्सट्रक्सन कम्पनी प्रा. लि. ले गुणस्तरीय सामाग्री र जनशक्ति प्रयाेग गरी कार्य गरिरहेकाे कम्पनीका प्रबन्ध निर्देशक गाेविन्द चाैलागाइले बताउनु भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय