नगरपालिकाकाे वडा नं. ५ अन्तर्गत गलैँचा (कार्पेट) बनाउने सम्बन्धी १ एक महिने तालिम संचालन हुन गईरहेकाे छ । बूढानीलकण्ठ नगरपालिकाकाे आयाेजनामा हुन लागेकाे यस तालिममा सहभागी हुन ईच्छुक वडाबासीहरूले चैत्र १४ गते भित्र वडा कार्यलय गई आवेदन दिनु पर्नेछ । 

सहभागीहरू ४० वर्ष उमेर ननाघेकाे र वडामा स्थायी रूपमा बसाेबास गरेकाे हुनुपर्नेछ । प्राप्त आवेदन मध्य जम्मा १० जनालाई याे तालिममा सहभागी गराईने छ । 

सहभागिताकाे लागि छनाैट भएका व्यक्तिले तालिम बिचमा नै छाेडेमा तालिममा लागेका शुल्कआफैले व्यहाेर्नु पर्नेछ । यसका साथै तालिम पश्चात उत्कृष्ट हुने केहिलाई राेजगारकाे लागि पहल समेत गरिने छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय