बूढानीलकण्ठ नगरपालिकामा प्रमुख प्रसाशकिय अधिकृत बैकुण्ठ सापकोटा लाई बिदाई गरिएको छ। बैकुण्ठ सापकोटा लाई बिदाई गरिए संगै नगरपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत आउनु भएको छ ।
सोमबार एक औपचारीक कार्यक्रम मार्फत बैकुण्ठ सापकोटा लाई बिदाई गर्दै राजेन्द्र कार्की लाई प्रमुख प्रशासकिय अधिकृत को रुपमा स्वागत गरिएको हो।
उक्त बिदाई तथा स्वागत कार्यक्रममा नगर प्रमुख उद्धव खरेल , नगर सल्लाहकार सुन्दर पुर्कुटि, विभिन्न वडाका जनप्रतिनिधि र नगरपालिका विभिन्न शाखा कर्मचारीहरुले निवर्तमान र वर्तमान प्रमुख प्रशासकिय अधिकृतहरुलाई फुलमाला का साथ स्वागत तथा बिदाई गरेका थिए ।
करिब १० महिना बूढानीलकण्ठ नगरपालिकामा कार्यरत बैकुण्ठ सापकोटा मध्यनेपाल नगरपालिका, लमजुङ मा सरुवा हुनु भएको हो । सापकोटाको कार्यकालमा नगरपालिका शाखा कर्मचारी देखि स्थानीय लगायत सेवाग्राहि सबै लाई व्यवस्थित गर्दै एक सफल नेतृत्वको उदाहरण प्रकाश पार्नु भएको थियो । उहाँको काम प्रति सरोकारवालाहरु सबै सन्तुष्ट रहेको आम नगरपालिकाको बुझाई छ ।
बिदाई तथा स्वागत कार्यक्रममा नगर प्रमुख उद्दव प्रसाद खरेलले सापकोटालाई आगामी कार्यकाल सुखद् रहोस भन्ने कामना सहित उत्तरोत्तर प्रगतिको शुभकामना दिनु भयो। साथै नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।
नगरपालिकामा ४ बर्ष अगाडि स्थानिय तहको निर्वाचित जनप्रतिनिधि आएदेखी राजेन्द्र कार्की सातौँ प्रमुख प्रशासकिय अधिकृत हुन् । यो भन्दा पहिले बिश्वराज मरासैनि, लिला अधिकारि , प्रदिप पौडेल, कुमार प्रसाद कोईराला, नारायण प्रसाद रिसाल र भर्खरै बिदा हुनु भएको बैकुण्ठ सापकोटाले नगरपालिकाको उक्त पदमा रहेर सेवा दिनु भऐको थियो ।
यसै सवागत तथा विदाई कार्यक्रममा नगरपालिकामा हालै सरुवा भई आउनु भएका विभिन्न शाखाका कर्मचारीहरुलाई पनी स्वागत गरिएको थियो।