कोभिड विरुद्दको दोस्रो चरणको खोप स्थगित भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रलयबाट निर्देशन भए बमोजिम बुधबार देखि दोश्रो चरणको कोभिड १९ खोप अभियान स्थगित भएको हो ।

खोप अभियान स्थगित भए संगै बूढानीलकण्ठ नगरपालिकामा दुई वटा स्वास्थ्य संस्था मार्फत सञ्चालन भईरहेको खोप सेवा सम्पन्न भएको नगरपालिका जनस्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।

फागुन २३ गते देखी सुरु भएको दोस्रो चरणको खोप लगाउने अभियान अन्तर्गत नगरपालिकामा कुल ५५२० जनाले खोप लगाएको जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दाहालले जानकारी दिनु भयो । खोप लगाएका मध्ये कसैलाई पनि नकरात्मक प्रभाव नदेखिएको उहाँले बताउनु भएको छ । 

जनस्वास्थ्य महाशाखाको तथ्याङ्क अनुसार पहिलो दिन ७३९ जना ( पुरुष ४३६\महिला ३०३) , दोस्रो दिन ८१३ जना (पुरुष ४१५\ महिला ३९८), तेस्रो दिन  ८१३ जना (पुरुष ३७४\महिला ४३९) र चौथो दिन  ८०३ (पुरुष ३८१\महिला ४१२) पाचौँ दिन ५४३ जना (पुरुष २२५ \ महिला ३१८), छैठौँ दिन ५९८  जना (पुरुष २६० \ महिला ३३८ ), सातौँ दिन १७३ जना (पुरुष ७५ \ महिला ९८ ), आठौँ दिन ४६० जना (पुरुष २११ \ महिला २४९ ), नऔँ दिन ३३० जना (पुरुष १३४ \ महिला १९६ ), दसौँ दिन २४८ जना (पुरुष ९२ \ महिला १५६) ले खोप लगाएका छन्। 

नेपाल सरकारकाे कोरोना विरूद्धकाे देशव्यापी अभियान अन्तर्गतको दोस्रो चरण  नगरपालिका भित्र स्थायी र अस्थायी रूपमा बसाेबास गर्नु हुने ६५ वर्ष माथि उमेर समूहका नागरिकहरू, सामुदायिक तथा संस्थागत निजी विद्यालयका शिक्षक तथा कर्मचारीहरू, सार्वजनिक यातायात चालक र सहचालक, विगतकाे अभियानमा छुट भएका सरसफाईका कर्मचारीहरू, जनप्रतिनिधीहरू र स्वास्थ्य  संस्थाका कर्मचारीहरूलाई काेभिड १९ विरूद्धकाे खाेप लगाउन सुरु भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय