बूढानीलकण्ठ नगरपालिका क्षेत्रभित्र बसाेबास गर्ने व्यक्तिहरूकाे लागि निःशुल्क सिलाई बुनाई सम्बन्धि एडभान्स तालिम प्रदान गरिदै छ । 

 

याे अवसर नगरपालिकाद्वारा यस अघि सञ्चालित आधारभूत सिलाई बुनाई तालिम लिनु भएकाे र थप एडभान्स तालिम लिन ईच्छुक व्यक्तिहरूकाे लागि रहेकाे छ । ईच्छुक व्यक्तिहरूले आफू बसाेबास गर्ने वडामा गई चैत्र ९ गते भित्र निम्न कागजात सहित निवेदन पेश गर्नुपर्नेछ । 

१. स्थायी बसाेबास भएकाे खुल्ने कागजात

२. नागरिकताकाे प्रतिलिपी

३. पासपाेर्ट साईजकाे ३ प्रति फाेटाे 

४. सिलाई बुनाई सम्बन्धि आधारभूत काेर्ष गरेकाे प्रमाणपत्रकाे प्रतिलिपी

प्रशिक्षार्थीहरूलाई आधारभूत सिलाई बुनाई तालिम सम्बन्धी प्रयाेगात्मक परिक्षण तथा अन्तर्वार्ताद्वारा छनाैट गरिने छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय