बूढानीलकण्ठ नगरपालिकाले बजार अनुगमनलाई विशेष प्राथमिकता दिदैँ आएको छ। नगरपालिकाको अनुगमन टोलिले  यस कार्यलाई निरन्तरता दिने क्रममा बुधबार वडा नं ०८ सुन्दरबस्तिको विभिन्न व्यवसायहरुमा निरिक्षण गरेको छ।

अनुगमन सदस्य तथा राजस्व व्यवस्थापन शाखा प्रमुख अच्युत खड्काका अनुसार निरिक्षणबाट प्राय व्यवसायहरु नविकरण नभएको र कर नतिरेको पाईएको छ।

वडा नं ०८ सुन्दरवस्ति, भंगाल क्षेत्रका  बाथ एण्ड कन्सेप्ट प्रा.ली. , पशुपति हार्डवेयर एण्ड मेसिनरी प्रोडक्ट , ओम सुभम् ईन्टरप्राईजेज , ओम ट्रेडर्स प्रा.लि. गरि ४ वटा व्यवसायिक संस्थाहरु निरिक्षण गर्दा कर र  व्यवसायको व्यवस्थापनमा कमजोरी देखिएकोले बूढानीलकण्ठ नगरपालिका प्रसाशकिय अधिकृत जयराम गजुरेलले व्यवसाय सञ्चालकहरुलाई सुधार गर्न आवश्यक निर्देशन दिए संगै पुन अनुगमन गर्दा पालना नभए कानुन बमोजिम कारबाही गर्न बाध्य हुने जानकारी दिनु भएको थियो।

यस्तै सुन्दरबस्ति क्षेत्रमै रहेको तेजस्वि खाद्य सप्लायर्समा अनुगमन गर्दा उक्त व्यवसायको मुल्य सुचि, व्यवसाय कर तथा खाद्य सामाग्रिहरुमा कमि कमजोरी देखिएको छ। म्याद नागेको सामान बेकिङ पाउडर १५ के.जि. , हाजमोला १८ थान, मिट मसला १० पिस, सुजि ८ थान, कम्प्ल्यान २ थान बरामद गरी नष्ट गरिएको थियो।

बूधबार भएको  उप प्रमुख रमा देवि राई नेतृत्वको अनुगमनमा वडा नं ०८ वडा सदस्य माधव पौडेल,  प्रसाशकिय अधिकृत जयराम गजुरेल, राजस्व व्यवस्थापन शाखा प्रमुख अच्युत खड्का ,  नेपाल प्रहरी लगायत नगर प्रहरीको उपस्थिति थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय