बूढानीलकण्ठ मंदिर परीसरमा धर्मशाला भवन निर्माण को शिलान्यास भएको छ। मंदिर परिसरको उत्तरपुर्वि कुनाको खालि जमिनमा निर्माणाधिन धर्मशाला भवन शिवरात्रिको शुभ अवसरमा विशेष समारोह आयोजना गरी शिलान्यास गरिएको हो।
भारत सरकारको आर्थिक सहयोग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्राविधिक समन्वयमा सुरु भएको धर्मशाला भवन निर्माणको भारतिय दुतावास नियोग उप प्रमुख नाम्ग्या सि खम्पा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक सुशील ज्ञावालीले संयुक्त रुपमा शिलान्यास गर्नु भएको थियो।
धर्मशाला निर्माण गर्ने २०७७ माघ २९ गतेको संझौता अनुसार कुल लागत ५,८३,३९,४५२\- रुपैयाँमा निर्माण हुन लागेको हो। धर्मशाला भवन तिन तल्लाको हुने छ।
भवन भित्र २३ वटा कोठा हुने , प्रत्येक कोठामा ए.सी (AC) र बाथरुम को व्यवस्था रहने गरि डिजाईन गरिएको पुनर्निर्माण प्राधिकरण केन्द्रिय आयोजना निर्देशक श्यामकिशोर सिंहले जानकारी दिनुभएको छ। उहाले भन्नुभयो, “भवन निर्माण डेड वर्ष भित्रै सम्पन्न हुने गरी ठेकेदार कम्पनी संग संझौता भएको छ।”
बिहिबार भएको शिलान्यास समारोहमा भारतिय दुतावास नियोग उप प्रमुख नाम्ग्या सि खम्पा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक सुशील ज्ञावाली, पुनर्निर्माण प्राधिकरण केन्द्रिय आयोजना निर्देशक श्यामकिशोर सिंह, बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्दव प्रसाद खरेल, वडा ०२ अध्यक्ष राजेन्द्र खड्का, बूढानीलकण्ठ मंदिर मठाधिश्वर १००८ स्वामी निगमानन्द महाराज, हिन्दु महासंघ अध्यक्ष चक्रबन्धु अर्याल, बूढानीलकण्ठ सनातन धर्म अध्यक्ष विकास तामाङ, नारायणस्थान व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण खड्का , भक्तजनहरु लगायत समजासेवीहरुको उपस्थिति थियो।
विशेष धार्मिक महत्व रहेको नगरपालिकाको चिनारी बूढानीलकण्ठ मंदिरमा धर्मशाला अभाव समस्या समाधान हुने गरी भारत सरकारबाट यस किसिमको सहयोग पाएकोमा नगरप्रमुख खरेलले धन्यबाद दिनु भयो। यस धर्मशाला निर्माण भए संगै मंदिर दर्शन गर्न आउने भक्तजनहरुलाई केहि समयको लागी बाँस स्थान अथवा धर्मशाला सुविधाको लागि मंदिर सधै सेवामा रहने जानकारी मठाधिश्वर निगमानन्द महाराजले दिनु भएको छ।