बू.न.पा. वडा नं. ०७ कार्यालय भवन बनाउनका लागि फागुन २५ गते शिलान्यास गरिएकाे छ । 

प्रदेश सभा सदस्य मा. दीपक निराैला ज्यूद्वारा शिलान्यास गरिएकाे भवन निर्माण कार्य बूढानीलकण्ठ नगरपालिका र  जिल्ला समन्वय समिति काठमाडाैँकाे सहकार्यमा गरिने छ ।  डठुगाँउ चाेकस्थित डेढ राेपनी क्षेत्रफलमा बन्न लागेकाे यस भवनकाे कुल अनुमानित लागत ८५ लाख रहेकाे छ । ६ महिना भित्र भवन निर्माण सम्पन्न गर्ने याेजना रहेकाे छ । 

सुशासनका लागि आफ्नाे वडामा प्रशासकिय भवन बनाइ सेवाग्राहिहरूलाइ छिटो र थप प्रभावकारी सेवा प्रदान गर्नका लागि निर्माण कार्य सुरू गरेकाे वडा अध्यक्ष बसनारायण महर्जन ज्यूले जानकारी दिनुभएकाे छ । 

याे भवन कलात्मक तरिकाले निर्माण गरिने छ । सेवाग्राहिहरूलाइ प्रतिक्षा गर्नका लागि बगैँचा र पार्किङ्गकाे समेत व्यवस्था उपलब्ध गराइने छ । 

यस कार्यक्रममा प्रदेश सभा सदस्य मा. दीपक निराैला, बागमती प्रदेश सभा सदस्य मा. भिमसेन खत्री, जिल्ला समन्वय समिति काठमाडाैँ प्रमुख श्री शिवसुन्दर राजवैद्य, बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्धव प्रसाद खरेल, जिल्ला समन्वय समिति काठमाडाैँ उप प्रमुख सरिता ढाहाल, बूढानीलकण्ठ नगरपालिका उप प्रमुख रमा देवी राइ , जिल्ला समन्वय अधिकारी पीताम्बर अधिकारी, गैर सरकारी संस्था महासंघ अध्यक्ष प्रदिप डंगाेल, वडा अध्यक्ष बसनारायण महर्जन समेत सम्पूर्ण ७ नं. वडा परिवार र स्थनीयहरूकाे उपस्थिति रहेकाे थियाे । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय