बूढानीलकण्ठ नगरपालिकामा १११ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाईएको छ। “महिलाहरुको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार” नाराका साथ नगरपालिका महिला तथा बालबालिका विकास शाखाको संयोजक्त्वमा विशेष समारोह आयोजना गरी मनाईएको हो।

संसारका अन्य देशहरुमा झैं प्रत्येक वर्ष नेपालले पनि अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै आएको छ । यहि अवसरमा बूढानीलकण्ठ नगरपालिकामा पनी महिला दिवस मनाउने परम्परालाई निरन्तरता दिन कार्यक्रम आयोजना गरिएको हो।

नगरपालिका प्रांगणमा आयोजित महिला दिवसको समारोहमा उद्योग बाणिज्य तथा आपुर्ति राज्य मन्त्रि माननीय बिमला बि.क. , बागमति प्रदेश सभा सदस्य माननीय सिता लामा, संविधान सभा सदस्य माननीय शान्ति अधिकारी, मानव अधिकार आयोग सदस्य माननीय लिली थापा, सि.एन.एन. हिरो पुष्पा बस्नेत, बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्दव प्रसाद खरेल, उप प्रमुख रमा देवि राई, नगर सल्लाहकार सुन्दर पुर्कुटि, नगरपालिकाका १३ वटै वडाका वडा अध्यक्ष, वडा सदस्य, नगर कमिटि सदस्य, प्रमुख प्रसाशकिय अधिकृत बैकुण्ठ सापकोटा, प्रशासकिय अधिकृत जयराम गजुरेल, नगरपालिका हरेक शाखाका कर्मचारी, विभिन्न राजनितिक दलका प्रतिनिधी लगायत महिला समाजसेवि, महिला सञ्जाल, महिला समुह, एकल महिला समुहका प्रतिनिधीहरुको बाक्लो उपस्थिति थियो।

कार्यक्रममा उपस्थित विभिन्न महिला समुह लगायत महिला सञ्जाल बाट प्रतिनिधित्व गरेका महिलाहरुले आफ्नो भनाई, रचना, कविता, गित तथा नृत्य प्रस्तुत गर्दै महिला दिवसको कार्यक्रमलाई थप रोचक बनाउनु भएको थियो। महिलाहरुले प्रस्तुत गरेका प्रतिभाहरु देशको वर्तमान परीवेशमा घटिरहेका महिला हिंसा, असमानता, विभेद जस्ता विषयहरुमा केन्द्रित थिए।

महिला अधिकार, महिला सशक्तीकरण र लैंगिक समानता, लैंगिक विभेद तथा हिंसा उन्मूलन जस्ता बिषयहरुलाई थप जोड दिन महिला दिवसको अवसर पारेर यस कार्यक्रम आयोजना गरिएको उप- प्रमुख रमा देवि राईले कार्यक्रममा बताउनु भयो । उप-प्रमुखले महिलाहरुको विकास, सशक्तीकरण तथा रोजगारको लागि नगरपालिकामा बनेका प्रभावकारी योजनाहरुको उदाहरण मुलक जानकारी पनी दिनु भएको थियो।

नगरपालिका प्रमुख उद्दव प्रसाद खरेलले महिला समानताको सोचलाई प्रवर्धन गरी महिलाको राजनीतिक, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्न आफ्नो जीवन अर्पण गर्नुहुने सम्पूर्ण श्रद्धेय व्यक्तित्वको स्मरण गर्दै महिला दिवसको शुभकामना व्यक्त गर्नु भएको थियो। उहाले नगरपालिकामा महिला अधिकारका लागी महिला समुह, सञ्जाल गठन गरी विभिन्न माध्यम मार्फत सहयोग गर्दै आएको र महिलालाई आत्म निर्भर बनाउन उद्यमशील बूढानीलकण्ठको परियोजनाहरू निर्माण भएको जानकारी दिनु भएको थियो।

 

कार्यक्रमको प्रमुख अतिथि माननिय बिमला बि.क. ले महिला अधीकारलाई थप सुनिश्चित गर्न परम्परागत सोचलाई फेरिनुपर्नेमा जोड दिनु भएको थियो। उहाले कार्यक्रममा महिला द्वारा प्रस्तुत गरिएका प्रतिभाहरुमा नै नगरपालिकाको महिलाहरुमा भएको उर्जा, सकृयता, क्षमता र उत्साह झल्किएको बताउँदै कार्यक्रम मार्फत बूढानीलकण्ठ नगरपालिका संग चिनजान गर्ने मौका पाएकोमा धन्यवाद व्यक्त गर्नुभयो।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय