बूढानीलकण्ठ नगरपालिकामा नगर अस्पताल निर्माणको काम द्रुत गति मा अघि बढ्दै छ। नगरपालिकाले आफ्नो क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउन नगर अस्पताल निर्माण कार्य सुरु गरेको थियो।
सबै स्थानीय तहमा अस्पताल निर्माण गर्ने सरकारको लक्ष्य अनुसार बूढानीलकण्ठ नगरपालिका वडा नं १०, बालुवाखानि डिठ्ठा चौर स्थीत १४ रोपनि क्षेत्रफलमा अस्पतालको भौतिक संरचना निर्माण हुदैँ छ।
नेशनल हेल्थ सपोर्ट आर्किट्क्चुअल स्यानिटरी (NHSAS) को प्राविधिक डिजाईन अनुसार भएको अस्पताल भवन साडे तिन तल्लाको हुने छ। २४ सैयाको हुने यस अस्पतालको भुई तल्लामा आकस्मिक सेवा कक्ष, ओ.पि.डि. , प्याथोलोजि, रेडियोलोजि युनिटहरु हुने छन्। पहिलो तल्लामा प्रसाशनिक कार्यालय र आई.पि.डी (Indoor Patient Department) , दोस्रो तल्लामा थेरापेटिक युनिट (Therapeutic Unit) ,प्रसुति गृह र तेस्रो तल्लामा योगा हल, भण्डारण कोठा, प्रशिक्षण तथा वैठक हल लगायत लुगा धुने ठाँऊ हुने जानकारी नगरपालिका पुर्वाधार विकास शाखा प्रमुख सुनिल महर्जनले दिनुभएको छ।
बूढानीलकण्ठ नगरपालिकामा नगर अस्पताल भवन योजनाको २०७७ बैशाख १६ गतेको निर्णय अनुसार प्रतिष्ठागिरि कन्स्ट्रक्सन संग आसार ०७ गते संझौता भई काम सुरु भएको थियो। भवन २०७८ पुष ०७ गते सम्म तयार हुने गरी निर्माण कम्पनी संग सम्झौता भएको छ।
नगर परिषदको निर्णय अनुसार योजनाको कुल लागत ९,९३,६६,४२०\- रुपैँया रहेको छ। जस्मा स्वास्थ्य मंत्रालयको ६ करोड र बाँकि लागत नगरपालिकाले आफैँ व्यहोर्ने योजनाको निर्णयमा उल्लेखित छ।
भवनको पहिलो तल्ला ढलान सकिए संगै योजनाको २५% काम भईसकेको जानकारी ठेकेदार कम्पनीले दिएको छ।
बूढानीलकण्ठ नगरपालिका स्थापना भए देखिनै यहाँ सरकारी अस्पताल नहुँदा नगरवासी प्राथमिक स्वास्थ्य केन्द्र वा काठमाडौँका सरकारी अस्पताल जान बाध्य थिए। नगरवासीलाई नजिकै र सरल स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नगरपालिकाको आफ्नै अस्पताल सञ्चालन गर्ने योजना संघिय सरकार द्वारा वडा नं ०८ मा केहि साल अघीनै सुरु भएको थियो। योजनाको काम सुरू भएता पनी उक्त स्थानको भौगोलिक संरचनामा जोखिम श्रृजना भएकोले निर्माण कार्य स्थगित भएको थियो।
नगरपालिकामा स्थानीय सरकार सञ्चालनमा आए पछि उक्त योजनालाई निरन्तरता दिन नगरवासिको गुनासोहरु कार्यपालिकाको वैठकमा छलफलको विषय रहने गरेको थियो। कार्यपालिकाको छलफल अनुसार नगर भित्र अन्य स्थानहरु अनुसन्धान गर्दा वडा नं १० को डिठ्ठा चौर छनौट गरिएको थियो। जनघनत्व उच्च रहेको वडा नं ०८, ०९, १०, ११, १२ र १३ भौगोलिक रुपले केन्द्रमा पर्ने भएकोले सोहि स्थानमा अस्पताल बनाउने निर्णय भएको वडा नं १० अध्यक्ष नवराज भट्टराई बताउनुहुन्छ।
कोभिड-१९ को विषम परिस्थितिलाई लक्षित गरेर वडा नं १० ले अस्पताल क्षेत्रमा क्वारेन्टिन निर्माण गरेको थियो। अहिले कोभिडको त्रास र अवस्था न्युनिकरण भए संगै उक्त क्वारेनटिनलाई केहि महिना भित्रै नगर अस्पतालको स्वरुप प्रदान गर्ने गरि व्यवस्थित गरिने वडा अध्यक्ष भट्टराईले जानकारी दिनु भएको छ।