बूढानीलकण्ठ नगरपालिका सहकारी शाखा बाट ‘सहकारी आधारभूत व्यवस्थापन’ सम्बन्धी ६ दिने तालिम सञ्चालन भएको छ। शाखाले नगरपालिकामा दर्ता भएका विभिन्न सहकारी संस्थाहरुका व्यवस्थापक तथा समिति पदाधिकारीहरुलाई प्रशिक्षण गरेको हो।

तालिम अन्तर्गत सहकारी प्रशिक्षालय, भरतपुर को दक्ष प्रशिक्षकहरु बाट सहकारी अवधारणा, सहकारी ऐन, लेखाका सिद्दान्त, सम्पत्ति सुद्धिकरण कार्यविधी, सहकारी बिनियम\ संसोधन\ सुशासन  लगायत अन्य सहकारी व्यवस्थापनका विषयहरुको प्रशिक्षण दिईएको थियो।

विशेष गरी यस तालिममा  रहेका स्थानीय सरकार सञ्चालन ऐन २०७४ र बूढानीलकण्ठ नगरपालिकाको जारी भएको सहकारी ऐन २०७५ लाई केन्द्रित गरी स्थानीय तहको भुमिका, अधिकार, नियमक निकाय भएका क्षेत्रको विषयहरुका बारे जानकारी मुलक प्रशिक्षण दिएको सहकारी शाखा प्रमुख गिता ठगुना बताउनुहुन्छ।

समुदायमा छरिएर रहेका स्थानीय स्रोत, साधन र पूँजीहरुलाई एकत्रित गरी व्यवस्थापन गर्ने कार्यकुशलता वा क्षमता अभिवृद्धि गरी सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्ने सवल संस्थागत माध्यम नै सहकारी भएकोले यसको कुशल व्यवस्थापन र विकास जरुरी रहेको गुनासो र मागलाई सम्बोध गरी  संस्थाका पदाधिकारी र व्यवस्थापक सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यस तालिम सञ्चालन गरिएको हो।

यस तालिममा नगरपालिकामा दर्ता भएका ६७ वटा सहकारी संस्था मध्य ४५ सहकारी संस्थाका ८३ प्रतिनिधीहरु सहभागि थिए। जस्मा कृषि र बहुउद्देश्य सहकारी संस्थाका प्रतिनिधि ४० जना  र बचत तथा ऋण सहकारी संस्थाका ४३ जनाको समुह विभाजन गरी दुई वटा कक्षमा तालिम सञ्चालन भएको थियो।

तालिममा सहभागिहरुले सकृय भई प्रशिक्षण लिएको र यस तालिम बाट पाएका सहकारी ज्ञानलाई आफ्नो कार्यक्षेत्रमा कार्यान्वयन गरी संस्थाको गतिशिलता, व्यवस्थापन र व्यवसायिक रुपमा अघि बढाउन थप मद्दत भएको सहभागी ‘सुन्दर मित्र बहुउद्देशीय सहकारी’ रेनुका पराजुलिले बूढानीलकण्ठ न्युज संगको संवादमा बताउनु भयो।

यस ६ दिने तालिमको शुक्रबार एक समारोहका साथ समापन भएको छ। समापन कार्यक्रममा नगर प्रमुख उद्दव प्रसाद खरेल, नगर सल्लाहकार सुन्दर पुर्कुटि, वडा नं ०८ अध्यक्ष सुमन तामाङ, प्रमुख प्रसाशकिय अधिकृत  बैकुण्ठ सापकोटा, प्रसाशकिय अधिकृत जयराम गजुरेल, जिल्ला सहकारी संघ अध्यक्ष ज्ञान बहादुर तामाङ, सहकारी शाखा प्रमुख गिता ठगुना, प्रशिक्षक समुहका नन्द प्रसाद भट्टराई, गोपाल प्रसाद भट्टराई, सुर्य प्रसाद आचार्य, टिना सुवेधि लगायत थुप्रै सहकारीकर्मीहरुको उपस्थिति थियो।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय