लैङ्गिक हिंसा निवारण तथा बाल संरक्षण सम्बन्धी २ दिने क्षमता विकास तालिम सम्पन्न भएकाे छ ।
लैंगिक हिंसा निवारण तथा बाल संरक्षणका गर्नमा जनप्रतिनिधि, न्यायिक समिति र मेलमिलापकर्ताहरूकाे प्रमुख भुमिका रहेकाे हुँदा उहाँहरूकाे विषयगत क्षमता विकास गर्नका लागि महिला, बालबालिका तथा समावेशीकरण शाखाद्वारा यस तालिमकाे आयाेजना गरिएकाे थियाे ।
तालिमकाे दाेस्राे दिन, बाल अधिकार र बाल संरक्षणकाे परिभाषा तथा बालबालिका माथि हुने हिंसा निवारणका लागि विद्यमान कानुन तथा संरचनात्मक व्यवस्था बारे छलफल गरिएकाे थियाे । यसका साथै, बालबालिकाकाे सन्दर्भमा नगरपालिकाले विशेषतः हक, अधिकार, सुरक्षा र प्रर्वद्धनका कार्य संचालन गर्दै आएकाे प्र.प्र.अ. बैकुण्ठ प्रसाद सापकाेटा ज्यूले जानकारी दिनु भएकाे छ ।
२ दिने तालिमकाे समिक्षा र सहभागीहरूकाे प्रतिक्रिया संकलन गरि कार्यक्रम समापन गरिएकाे छ ।