काेभिड विरूद्धकाे खाेप सेवा बासबारी स्थित शहिद गंगालाल राष्ट्रिय हृदय राेग केन्द्रमा र वडा नं. १३ घट्ट चाेक स्थित करूणा अस्पतालमा गई लिन सकिने छ । 

नेपाल सरकारकाे कोरोना विरूद्धकाे देशव्यापी अभियान अन्तर्गत यस चरणमा नगरपालिका भित्र स्थायी र अस्थायी रूपमा बसाेबास गर्नु हुने ५५ वर्ष माथि उमेर समूहका नागरिकहरू, सामुदायिक तथा संस्थागत निजी विद्यालयका शिक्षक तथा कर्मचारीहरू, सार्वजनिक यातायात चालक र सहचालक, विगतकाे अभियानमा छुट भएका सरसफाईका कर्मचारीहरू, जनप्रतिनिधीहरू र स्वास्थ्य  संस्थाका कर्मचारीहरूलाई काेभिड १९ विरूद्धकाे खाेप लगाइने छ । 

फागुन २३ गते देखी चैत्र १ गते सम्म बिहानकाे १० बजे देखी ३.३० बजे भित्रमा सुचीकृत केन्द्रहरूमा गई खाेप लगाउन सकिने छ । 

वडा नं. १, २,३, ४, ५, ६, ७ र ९ का नगरवासीहरूले  बासबारी स्थित शहिद गंगालाल राष्ट्रिय हृदय राेग केन्द्रमा गई खाेप सेवा लिन सक्नु हुनेछ । यसैगरि, वडा नं. ८, १०, ११, १२ र १३ का नगरवासीहरूले  वडा नं. १३ घट्ट चाेक स्थित करूणा अस्पतालमा गई खाेप सेवा लिन सक्नु हुनेछ । 

केहि जिज्ञासा भएमा जनस्वास्थ्य अधिकृत प्रतिमा खरेललाई ९८४१३६५३८४ वा अधिकृत उपमा दहाललाई ९८४३६३१२२७ मा सम्पर्क गर्न सक्नुहुनेछ । फागुन २३ गते देखी चैत्र १ गते सम्म आफूलाई पायक पर्ने खाेप केन्द्रमा गई खाेप सेवा लिनुहुन अनुराेध गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय