काठमाडौं — बुढानीलकण्ठ नगरपालिका,वडा नं. ३ को आयोजनामा बुढानीलकण्ठ–शिवपुरी ट्रेल रेस प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्राकृतिक सौन्दर्य र चुनौतीपूर्ण ट्रेलको संगममा सम्पन्न उक्त प्रतियोगितामा सहभागी धावकहरूले उत्कृष्ट प्रदर्शन गर्दै दौडलाई स्मरणीय बनाएका छन्।  प्रतियोगिताको पुरुषतर्फ शीर्ष ५ स्थान हासिल गर्ने धावकहरूमा मिलन राई प्रथम (१:३५:४६), प्रताप थाम्सुहाङ द्वितीय (१:३६:०४), कर्ण रावल तृतीय (१:३६:४६), लोकेन्द्र राई चौथो (१:३९:०६) र विशाल राई पाँचौं (१:३९:२१) स्थानमा रहे।

त्यस्तै महिलातर्फ सुनसरी रोकाया प्रथम (१:५८:०४), राज्यलक्ष्मी रावल द्वितीय (२:०२:०७), गीता नेपाली तृतीय (२:१०:२२), आस्मा बि.क. चौथो (२:१२:५०) र मञ्जु सुनुवार पाँचौं (२:१३:२२) स्थान हासिल गर्न सफल भए।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाको प्रमुख आतिथ्यता रहेको थियो। साथै वडा नं. ३ का वडा अध्यक्ष आकाश धिताल, वडा सदस्यहरू विकास तामाङ, बाल माया श्रेष्ठ, विक्रम श्रेष्ठ, सुशीला रमतेल तथा वडा नं. १ का वडा अध्यक्ष सुरेन्द्र लामाको विशेष उपस्थिति रहेको थियो।

उक्त ट्रेल रेसले खेल पर्यटन प्रवर्द्धनसँगै स्थानीय स्तरमा खेलकुद गतिविधि विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय