काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाका सामुदायिक विद्यालयहरूमा लागू गरिएको ई–हाजिरी प्रणाली सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम मिति २०८२ साल चैत्र २ गते सोमबार नगर कार्यपालिकाको हल, बुढानीलकण्ठ नगरपालिकामा आयोजना गरिएको थियो। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा ई–हाजिरी प्रणाली सञ्चालन गर्ने तरिका, यसको उपयोगिता, व्यवस्थापन तथा विद्यालय प्रशासनमा पार्ने सकारात्मक प्रभावका विषयमा विस्तृत जानकारी दिइएको थियो।

बुढानीलकण्ठ नगरपालिका सामुदायिक विद्यालयहरूमा ई–हाजिरी प्रणाली लागू गर्ने पहिलो नगरपालिका समेत बनेको छ। यस प्रणालीमार्फत शिक्षक तथा कर्मचारीको उपस्थितिलाई डिजिटल माध्यमबाट व्यवस्थित, पारदर्शी र प्रभावकारी रूपमा व्यवस्थापन गर्न सकिने विश्वास गरिएको छ।नगरपालिकाले शिक्षा क्षेत्रमा प्रविधिमैत्री वातावरण निर्माण गर्दै विद्यालय प्रशासनलाई आधुनिक बनाउने लक्ष्यसहित यस्तो कार्यक्रम सञ्चालन गरेको जनाएको छ। आगामी दिनमा पनि शिक्षाको गुणस्तर सुधार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्ता प्रविधिमैत्री पहलहरूलाई निरन्तरता दिने नगरपालिकाको योजना रहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय