काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नगर गौरवको आयोजना अन्तर्गत “नगर उद्यमशीलता विकास कार्यक्रम” सफलतापूर्वक सम्पन्न गरेको छ। नगर उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८० बमोजिम सञ्चालन गरिएको उक्त तालिम वडा नं. ६, ७, १०, ११ र १३ गरी पाँच वटा वडामा आयोजना गरिएको थियो।

पाँच दिने उद्यमशीलता विकास तालिममा जम्मा ११३ जना स्थानीय सहभागीहरुले सहभागिता जनाएका थिए। तालिममार्फत सहभागीहरुलाई व्यवसाय सुरु गर्ने आधारभूत प्रक्रिया, बजार व्यवस्थापन, वित्तीय साक्षरता, व्यवसाय योजना तयारी तथा उद्यम सञ्चालनका व्यावहारिक पक्षबारे प्रशिक्षण प्रदान गरिएको थियो।

तालिम पश्चात सहभागीहरुबाट विभिन्न १२ प्रकृतिका सिप विकास तालिमहरुको माग प्राप्त भएको छ। प्राप्त मागअनुसार आगामी चरणमा आवश्यक सिपमूलक तालिम सञ्चालन गरी स्थानीय स्तरमै रोजगारी तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने नगरपालिकाको लक्ष्य रहेको जनाइएको छ। नगरपालिकाले उद्यमशीलता प्रवर्द्धनमार्फत स्थानीय युवाशक्ति तथा महिलाहरुलाई स्वरोजगारतर्फ अभिप्रेरित गर्दै आर्थिक सशक्तीकरणमा टेवा पुर्‍याउने विश्वास लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय