लैंगिक हिंसा निवारण तथा बाल संरक्षण सम्बन्धी २ दिने तालिम फागुन १९ गते सुरू भएकाे छ । 

लैंगिक हिंसा निवारण तथा बाल संरक्षणका गर्नमा जनप्रतिनिधि, न्यायिक समिति र मेलमिलापकर्ताहरूकाे प्रमुख भुमिका रहेकाे हुँदा उहाँहरूकाे विषयगत क्षमता विकास गर्नका लागि महिला, बालबालिका तथा समावेशीकरण शाखाद्वारा यस तालिमकाे आयाेजना गरिएकाे हाे ।

आजकाे तालिममा, राष्ट्रिय महिला आयाेग सचिव श्री शान्ता अधिकारी भट्टराइ ज्यूले लैंगिक हिंसाकाे वर्तमान अवस्था र लैंगिक हिंसा सम्बन्धी कानुनी तथा संरचनात्मक व्यवस्था बारे प्रकाश पार्दै  सहभागीरू सँग आफ्नाे अनुभव साट्नु भएकाे छ । 

यस तालिममा जनप्रतिनिधिहरू, न्यायिक समिति सदस्य र मेलमिलापकर्ताहरू गरि जम्मा ३० जनाकाे सहभागीता रहेकाे छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय