काठमाडौं । बुढानीलकण्ठ युवा परिषद् वडा नं. ०८ को आयोजनामा गोल्फुटारस्थित डोजो हलमा दोस्रो निःशुल्क दन्त स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय नागरिकलाई लक्षित गर्दै आयोजना गरिएको उक्त शिविरले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै आवश्यक दन्त उपचार सेवा प्रदान गरेको आयोजकले जनाएको छ। शिविर बुढानीलकण्ठ नगरपालिकाका उप–प्रमुख  अनिता लामाको प्रमुख आतिथ्यता तथा वडा नं. ०८ का वडाध्यक्ष सुमन तामाङको विशेष आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा बुढानीलकण्ठ युवा परिषद्का कार्यकारी उपाध्यक्ष शिर्षिश पौडेलको समेत उपस्थिति रहेको थियो।

बुढानीलकण्ठ युवा परिषद् वडा नं. ०८ का अध्यक्ष श्रीजन डंगोलको नेतृत्वमा सम्पन्न शिविरमा परिषद्का सम्पूर्ण सदस्यहरूको सक्रिय सहभागिता, समर्पण र सामूहिक प्रयास उल्लेखनीय रहेको आयोजकले जनाएको छ। गोल्फुटार महिला सामाजिक सेवा संघको सहकार्य तथा समाज डेन्टल क्याम्पको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त शिविरले स्थानीय समुदायमा सकारात्मक प्रभाव पारेको बताइएको छ।शिविरमा जम्मा ३१३ जना स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो। सहभागीहरूलाई निःशुल्क दन्त परीक्षण, स्वास्थ्य परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरिएको थियो। यस्ता कार्यक्रमले समुदायमा दन्त स्वास्थ्यप्रति जागरूकता बढाउनुका साथै समयमै उपचारको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको सरोकारवालाहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय