“कृत्रिम बुद्धिमत्ताबाट तयार गरिएको तस्बिर।”

काठमाडौँ – नागरिकसँग प्रत्यक्ष जोडिएका विकास हेर्न चाहने हो भने काठमाडौँको बुढानीलकण्ठ नगरपालिका उत्कृष्ट उदाहरण बन्न पुगेको छ। शिक्षा, स्वास्थ्य सेवा, युवा सशक्तिकरण र उद्यमशीलतामा नगरपालिकाले देखाएको प्रभावकारी काम अरु स्थानीय तहका लागि सिक्नलायक बनेको छ।

स्वास्थ्य क्षेत्रमा नगरपालिकाले विपन्न नागरिकको औषधि उपचार, प्रसूति सेवा, प्रजनन स्वास्थ्य, पोषण कार्यक्रम र क्षयरोग नियन्त्रणमा उल्लेखनीय काम गरेको छ। प्रसूति केन्द्रमार्फत् सुत्केरी हुने आमालाई यातायात खर्च, पोशाक तथा पोषण भत्ता उपलब्ध गराइन्छ। खोप र पोषण कार्यक्रममार्फत बालबालिकाको स्वास्थ्य र विकासमा पनि विशेष ध्यान दिइएको छ।नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर सुधारमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। यहाँ १४७ विद्यालय सञ्चालनमा छन्, जसमा १२८ संस्थागत र १९ सामुदायिक विद्यालय रहेका छन्। शिक्षक व्यवस्थापन, छात्रवृत्ति कार्यक्रम, प्राविधिक–व्यावसायिक तालिम र बालविकास शिक्षकको व्यवस्था गरी शिक्षामा पहुँच र गुणस्तर बढाउने काम अघि बढाइएको छ।

नगरपालिकाले युवाको सशक्तिकरणमा पनि विशेष पहल गरेको छ। बेरोजगार युवालाई १० महिने सीपमूलक तालिममार्फत रोजगारीमा संलग्न गराउने कार्यक्रम सञ्चालनमा छ। कम्प्युटर हार्डवेयर, सिनियर प्लम्बिङ र कुकम्यान तालिममा सयौं युवाले प्रशिक्षण लिइरहेका छन्।शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेटको प्रभावकारी प्रयोगले सेवा वितरणमा सुधार ल्याएको देखिन्छ। शिक्षा क्षेत्रमा ८० प्रतिशतभन्दा माथि बजेट खर्च भएको छ भने स्वास्थ्य क्षेत्रमा पनि ५०–६० प्रतिशत खर्च गरेर सेवा सुधार सुनिश्चित गरिएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला भन्छन्, “हामीले शिक्षा र स्वास्थ्यमा गरेको लगानी नागरिकको जीवनस्तर उकास्ने आधार हो। गुणस्तरीय सेवा घरदैलोमा पुर्‍याउनु हाम्रो पहिलो प्राथमिकता हो।”बुढानीलकण्ठ नगरपालिकाले आफ्नो दीर्घकालीन सोच, योजनाबद्ध कार्यान्वयन र जनसेवामुखी दृष्टिकोणमार्फत् स्थानीय सरकार सञ्चालनमा अरु पालिकाका लागि उदाहरणीय भूमिका निर्वाह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय