काठमाडौँ, मंसिर १७ — बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा आज बिहान ११:०० बजे नगरपालिकाको हलमा FEST Foundation Training मा सहभागीहरूसँग अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सहकर्मी नेपालThe Asia Foundation को साझेदारित्वमा सञ्चालन हुने प्रशिक्षणको पूर्वाभिमुखीकरणका रूपमा आयोजना गरिएको हो।

कार्यक्रममा नगर प्रमुख श्री मिठाराम अधिकारीको प्रमुख उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत अजय बर्तोला र प्रशासकीय अधिकृत महेश प्रसाद पाठक लगायत सम्बन्धित निकायका प्रतिनिधिहरू सहभागी थिए।

अभिमुखीकरण सत्रमा प्रशिक्षणका उद्देश्य, कार्यविधि, प्रशिक्षणपछिका अपेक्षित नतिजा तथा सहभागीहरूको भूमिकाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। नगर प्रमुख अधिकारीले युवाको क्षमता विकास, समुदायमा दक्ष जनशक्ति तयार गर्न तथा स्थानीय सरकार र साझेदार संस्थाबीचको सहकार्यलाई सुदृढ गर्न यस्ता कार्यक्रम अत्यन्त उपयोगी हुने उल्लेख गर्दै सहभागीहरूलाई जिम्मेवारीपूर्वक र सक्रियतापूर्वक प्रशिक्षणमा सहभागी हुन प्रेरित गर्नुभयो।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्दै आयोजक संस्थाहरूले आगामी चरणहरू पनि प्रभावकारी रूपमा अघि बढाइने जानकारी गराएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय