बुढानीलकण्ठ नगरपालिकाले स्थानीय धार्मिक, सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक गन्तव्यहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित दोस्रो बुढानीलकण्ठ खुल्ला भिडियो प्रतियोगिता’ सञ्चालन गर्न लागेको जानकारी गराएको छ। बुढानीलकण्ठ पर्यटन बोर्डको आयोजनामा हुन लागेको यो प्रतियोगिताका लागि इच्छुक व्यक्ति तथा संस्थाहरूलाई ३० दिनभित्र आवेदन दिन आह्वान गरिएको छ।

नगरपालिकाका अनुसार प्रतियोगिताका लागि आवेदन मिति २०८२।०९।१५ गते कार्यालय समयभित्र पेश गर्न सकिनेछ। प्रतियोगितामा बुढानीलकण्ठ क्षेत्रका धार्मिकस्थल, पौराणिक कथा, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, जात्रा–पर्व, भाषा, कला तथा विविध पर्यटनसम्बन्धी विषयवस्तु समेटिएका भिडियोहरू सहभागी गराउन सकिनेछ। आवेदन संकलनपछि प्रतियोगितासम्बन्धी विस्तृत जानकारी तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने समेत जनाइएको छ।

प्रतियोगिताको आवेदन फाराम अनलाइन मार्फत, नगरपालिकाको उद्योग तथा पर्यटन शाखा तथा www.budhanilkanthamun.gov.np वेबसाइटबाट डाउनलोड गरी भर्न सकिने व्यवस्था मिलाइएको छ। यद्यपि, पहिलो संस्करणका प्रथम, द्वितीय तथा तृतीय विजेताहरूलाई यसपटकको प्रतियोगितामा सहभागी गराइने छैन भन्ने जानकारीसमेत सूचना मार्फत सार्वजनिक गरिएको छ।

थप विवरणका लागि इच्छुकहरूले ९८५७०६२८०४ नम्बरमा सम्पर्क गर्न सक्ने नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय