बूढानीलकण्ठमा फागुन २३ गते देखी काेराेना विरूद्धकाे खाेप लगाउन सुरू गरिने छ । खाेप लगाउने केन्द्र बाँसबारी स्थित गंगालाल हस्पिटल र वडा नं. १३ स्थित करूणा हस्पिटल रहेकाे छ ।
नेपाल सरकारकाे कोरोना विरूद्धकाे देशव्यापी अभियान अन्तर्गत स्थानीय तहबाट यस चरणमा ५५ वर्ष माथि उमेर समूहका व्यक्तिहरू, विद्यालय शिक्षक र सम्पूर्ण कर्मचारी, चालक र सहचालकहरूलाई खाेप लगाइने छ ।
काेभिड १९ महामारी राेगकाे राेकथाम, नियन्त्रण तथा पालिका स्तरमा संचालन हुन गइरहेकाे खाेप अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रम फागुन १८ गते सम्पन्न भएकाे छ ।