बुढानीलकण्ठ, २०८२/८३ । बुढानीलकण्ठ नगरपालिकाको कृषि विकास शाखाअन्तर्गत स्वीकृत आन्तरिक कार्यक्रम बमोजिम कौसी खेती गर्ने कृषक तथा कौसी खेती समूहलाई ५० प्रतिशत अनुदानमा प्राङगरिक र भर्मी (गड्यौले) मल वितरण गरिएको छ।

नगरप्रमुख मिठाराम अधिकारी र प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाको संयुक्त उपस्थितिमा सम्पन्न एक कार्यक्रममा यो मल वितरण गरियो। कार्यक्रमको सुरुवात नै उनीहरूले मल वितरण गर्दै उद्घाटन गरेका थिए।

यस कार्यक्रम अन्तर्गत नगरपालिकाभित्रका कौसी खेतीमा संलग्न किसानहरूलाई लक्षित गरिएको छ। उनीहरूले प्राङगरिक र भर्मी मल आवश्यकताअनुसार कुल लागतको आधा रकम मात्र बुझाएर प्राप्त गर्न पाउनेछन्। यसले गर्दा कृषकहरूको आर्थिक बोझ घटाउन र कौसी खेतीलाई प्रवर्द्धन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

नगरप्रमुख अधिकारीले कृषकहरूले प्रदान गरिने यस सहुलियतको पूर्ण रूपमा लाभ उठाउनुपर्ने र कौसी खेतीलाई अझ उत्पादनशील बनाउन यस प्रकारको मलको उपयोग गर्न आह्वान गरे। उहाँले नगरपालिकाले कृषि क्षेत्रलाई सहयोग गर्ने यस्ता कार्यक्रम भविष्यमा पनि जारी राख्ने बताए।

प्रमुख प्रशासकीय अधिकृत बर्तौलाले भने यो कार्यक्रम कृषि उत्पादन बढाउन र मलको उचित प्रयोगबारे किसानहरूलाई जागरूक गराउन महत्त्वपूर्ण कदम रहेको बताए।

यस अवसरमा स्थानीय कृषकहरूले पनि नगरपालिकाको यो पहलको स्वागत गर्दै यसले उनीहरूको खेतीखानीलाई निश्चय रूपमा लाभान्वित गर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय