बुढानिलकण्ठ नगरपालिकाको १२ औँ स्थापना दिवसका अवसरमा आज बिहान आयोजित साइकल र्याली कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। नगरपालिकाको प्राङ्गणबाट बिहान ७ः३० बजे सुरु भएको यस र्यालीलाई नगर प्रमुख मिठाराम अधिकारीले रिबन काटी औपचारिक रूपमा उद्घाटन गरे।

कार्यक्रम Budhanilkakantha Riders Club को सहयोगमा आयोजना गरिएको हो। र्यालीले स्वस्थ जीवनशैली प्रवर्द्धन, वातावरणमैत्री यातायातको महत्त्व, तथा समुदायमा शारीरिक सक्रियताको सन्देश प्रवाह गरेको आयोजकहरूले जनाएका छन्।

उद्घाटन समारोह तथा र्यालीमा उप–प्रमुख अनिता लामा, नगर प्रवक्ता तथा वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला लगायत विभिन्न वडाका जनप्रतिनिधि, साइकल प्रेमी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति थियो।

स्थापना दिवसको अवसरमा आयोजित यस कार्यक्रमले नगरवासीबीच आपसी एकता, स्वास्थ्यप्रति जागरूकता तथा नगरपालिकाको समग्र पहिचान प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय