मेलमिलाप सम्बन्धी ३ दिने पुनर्ताजगी तालिम फागुन १८ गते समापन भएकाे छ । यस कार्यक्रममा सहभागीहरूकाे समिक्षा र प्रतिक्रियाहरू पनि संकलन गरिएकाे थियाे । 

यस तालिमकाे लक्षय सहभागीहरूलाइ मेलमिलाप गराउने कला, सैद्धान्तिक र व्यवहारिक ज्ञान सम्बन्धी गत वर्षहरूमा दिइएकाे तालिमकाे ज्ञान ताजा गराउन रहेकाे थियाे । विवाद, मेलमिलाप र सिद्धान्त, नेपालमा मेलमिलापकाे पृष्टभूमि र कानुन, मेलमिलापकाे चरण र तरिका, न्यायिक समितिकाे भूमिका र प्रक्रियाका विषयमा १३ वटै वडाका २६ मेलमिलाप कर्ताहरूलाइ पुनर्ताजगी तालिम दिइएकाे  हाे । 

यस तालिममा मेलमिलाप प्रणालीबाट आपसी सहमति र मैत्रीभावले स्थानीय तहमा न्याय सम्पादन गर्नका लागि मेलमिलाप कर्ताहरूकाे महत्वपूर्ण भूमिका रहेकाे हुँदा याे तालिम जरूरी रहेकाे उप प्रमुखले बताउनु भएकाे छ । 

व्यवहारिक र अनुभवमा आधारित न्याय निरूपण गर्नका लागी स्थानीय स्तरमा मेलमिलापकर्ताहरूकाे प्रमुख भुमिका रहेकाे बताउदै, परिचय पत्र लगायतका नगरपालिकाले गर्नुपर्ने सहजीकरणमा सहयाेग गर्ने प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ प्रसाद सापकाेटा ज्यूकाे प्रतिवद्दता रहेकाे छ । 

उपप्रमुख तथा न्याायिक समिति संयाेजक रमा देवी राईकाे अध्यक्षतामा संचालित यस समापन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ प्रसाद सापकाेटा, पूर्व मुख्य न्यायधिश तथा सम्भव मेलमिलाप केन्द्र सदस्य सुरेन्द्र वीर सिंह बस्न्यात र प्रशासकिय अधिकृत जयराम गजुरेल अतिथिकाे रूपमा उपस्थित हुनुभएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय